• २३ फागुन २०८२, शनिबार

कालीकोटमा महेन्द्रबहादुर शाही चौथो पटक निर्वाचित

blog

कालीकोटबाट बिजयी हुनुभएका महेन्द्रबहादुर शाही । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, फागुन २२ गते । कालीकोट जिल्लामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार महेन्द्रबहादुर शाही बिजयी हुनु भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा नेकपाका शाहीले ११ हजार ३ सय ३८ मत ल्याएर विजयी हुनु भएको हो । 

उहाँले एमालेका नगिन्द्र शाही नेश्ननललाई ९ सय ८६ मतान्तरले पछि पार्दै विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यलय कालीकोटका प्रमुख, निर्वाचन अधिकारी बिश्वमङगल शर्माले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिदन्दी एमालेका नगिन्द्र शाही नेश्नलले १० हजार ३ सय ५२ मत प्राप्त गरी उपबिजेता बन्नु भएको छ । कांग्रेसका हर्षबहादुर बमले ७ हजार १ सय ३३ मत ल्याएर तेस्रो हुनुभयो।

त्यस्तै नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले ४ हजार ५ सय ९९ मत ल्याउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले २ हजार ९ सय ३७ मत प्राप्त गर्नुभयो।

नेमकिपाका नन्दबहादुर शाहीले ५ सय ९७, राप्रपाका सूर्यबहादुर शाहीले ५ सय ६६, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २ सय ६९ मत प्राप्त गर्नुभयो ।

नेकपाका नेता शाही २०७० सालको दोस्रो संविधान सभा, २०७४ मा प्रदेश सभा, २०७९ सालमा प्रतिनिधि सभा र २०८२ मा पुनः प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । 

तत्कालीन माओवादी सेनाका सातौ डिभिजन कमाण्डर समेत रहनु भएका शाहीले प्रदेश सभामा बिजयीपछि कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री समेत हुनुभएको थियो ।