शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २२ गते । काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल विजयी हुनुभएको छ ।
काठमाडौँ– ६ का निर्वाचन अधिकृत चपला पोखरेलले रास्वपाका खनाल २७ हजार ७१९ मतसहित विजयी हुनुभएको जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले) का अमनकुमार मास्केले चार हजार ३७३ मत प्राप्त गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धवराज भेटुवालले एक हजार २१८ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हेम लाल शर्माले एक हजार २६० मत प्राप्त गर्नुभएको छ । खनाल पूर्व शिक्षामन्त्रीसमेत हुनुहुन्छ ।
सपना थामी
उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।