• २३ फागुन २०८२, शनिबार

पाँचथरमा श्रम संस्कृति पार्टीका शेर्माको अग्रता कायमै

blog

श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्मा । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, फागुन २१ गते । पाँचथरमा दोस्रो पटक सार्वजनिक भएको मतगणनाको परिणाममा पनि श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्मा (ब्रविम) ले अग्रता कायम राख्नुभएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ र २ को १ हजार ९५५ मत गणना गर्दा उहाँलाई ६५६ मत प्राप्त भएको छ । यस्तै, नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले ४६२ मत प्राप्त गर्नुभएको छ । उहाँ दोस्रो स्थानमा हुनुहुन्छ भने नेकपा (एमाले) का अइन्द्रसुन्दर नेम्वाङ ३६१ मतसहित तेस्रो स्थानमा रहनुभएको छ ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका हर्कबहादुर नेम्वाङ २०७ मतसहित चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङ ९० मतसहित पाँचौँ तथा राप्रपाका तेजकुमार कुरुम्बाङ ६५ मतसहित छैटौँ स्थानमा रहनुभएको छ ।

जिल्लाभर ७१ हजार १७० मत खसेको थियो । जिल्लाका ६० वडामध्ये हालसम्म दुईवटाको मात्र मतगणना गरिएको छ । अझै ५८ वटा वडाको मत गन्न बाँकी छ ।