अमरराज नहर्की
तनहुँ, फागुन २२ गते । तनहुँ क्षेत्र नम्बर-१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेले आफ्नो फराकिलो अग्रतालाई कायम राख्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार, २० हजार १७० मत गणना भइसक्दा वाग्लेले १० हजार ७६५ मत प्राप्त गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई ३ हजार ९८२ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ । त्यस्तै, नेकपा (एमाले) की उम्मेदवार भगवती न्यौपानेले २ हजार १८ मत प्राप्त गर्नुभएको छ।
हालसम्मको नतिजा अनुसार वाग्ले र भट्टराईबिचको मतान्तर ६ हजार ७८३ पुगेको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालका अनुसार जिल्लामा कुल ५१.७४ प्रतिशत मत खसेको थियो ।
तनहुँ क्षेत्र नम्बर १ मा पुरुष ६१ ह्जार ७७८ र महिला ६५ हजार १०४ गरी एक लाख २६ हजार ८८२ मतदाता रहेका थिए ।