• २३ फागुन २०८२, शनिबार

तेह्रथुममा कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी

blog

विजेता सन्तोस सुब्बा

कविराज घिमिरे 
हिले, फागुन २३ गते ।
तेह्रथुममा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी हुनुभएको छ । एमालेका उम्मेदवार भानुभक्त ढकाललाई आठ सय ७९ मतलेपछि पार्दै सुब्बाले जीत हासिल गर्नु भएको हो । सुब्बाले कुल ११ हजार ५६१ मत प्राप्त गर्दा ढकालले दस हजार ६८२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्की सात हजार ७३७ मत तथा श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बु पाँच हजार दुई सय मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले जानकारी दिनुभयो ।

४८ वर्षीय सुब्बा म्याङलुङ नगरपालिकाका निवासी हुनुहुन्छ । यसअघि २०७९ सालको प्रदेशसभा निर्वाचनमा उहाँ एमालेका उम्मेदवार किशोरचन्द्र दुलालसँग पराजित हुनु भएको थियो ।