मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवको शपथ ग्रहण आज (आइतबार) हुने भएको छ ।
बर्दियाको घटनाको अध्ययन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले बर्दियाको बढैयाताल–४ को भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनाको छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ ।
मधेशमा कृषि क्रान्ति जरुरी छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले मधेशमा कृषि क्रान्ति गरेर कृषिमा आमुल परिवर्तन गर्नु जरुरी भएको बताउनुभएको छ।
अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ्कटपछि देशको अर्थतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा उहाँले सुरक्षालगायत कारणले निर्धारित समयमा निर्वाचन हुनेमा शङ्कासमेत रहेको बताउनुभयो ।
पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताउनुभएको छ ।
‘केन्द्रीय नेतालाई एउटै क्षेत्रमा चुनाव लड्न दिनु हुँदैन’
नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्नेमा जोड दिनुभएको छ।
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
एमाले महाधिवेशन तयारी : नवयुग इ–बुलेटिन शुभारम्भ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार नेकपा (एमाले)को ११ औँ महाधिवेशनको लागि नवयुग इ–बुलेटिन शुभारम्भ गर्नुभएको छ।
यूक्रेन-अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित
यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार तेस्रो दिन वार्ता गर्ने छन् ।
सभापतिमा उम्मेदवारी दिन्छु : कांग्रेस महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।
अझै बजेट ल्याएनन् पन्ध्र स्थानीय तहले
आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दासमेत चालुु आर्थिक वर्ष २०८२÷८३ का लागि १५ वटा स्थानीय तहले बजेट पारित गर्न सकेका छैनन् । सभाबाट बजेट पारित नगर्ने स्थानीय तहमध्ये सबै मधेश प्रदेशका छन् ।
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।
‘एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्यै नभागेको र नभाग्ने बताउनुभएको छ ।
महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गतेबाट सुरु हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभएको छ ।
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बन्यो : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताउनु भएको छ ।
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी हुन आह्वान गर्नुभएको छ । शुक्रबार बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफललाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले यस्तो आह्वान गर्नुभएको हो ।
एकतिहाई नघट्ने गरी महिला उम्मेदवार सुनिश्चित गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दललाई निर्देशन दिएको छ।
प्रदेश सरकारप्रति जनता आशावादी छन् : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहाडी जिल्लाका जनता प्रदेश सरकारप्रति आशावादी रहेको बताउनु भएको छ ।
ढुंगानाको निधनले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चर्चित वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको निधनले कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति पुगेको बताउनुभएको छ ।
उपराष्ट्रपति यादव र सार्क महासचिवबिच शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले भेटवार्ता गर्नुभएको छ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
नेपाली कांग्रेस मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ।
‘विपन्नलाई चिसोबाट जोगाउन हातेमालो गरौं’
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले विपन्न, ज्येष्ठ नागरिक र बालबालिकालाई चिसोबाट जोगाउन हातेमालो गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ ।
विश्व सुरक्षा मुद्दामा रूसको भूमिका मजबुत : पुटिन
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमणका क्रममा युक्रेनमा भइरहेको सैन्य कारबाही युद्धको अन्त्य र रूसको सुरक्षाका लागि आवश्यक कदम भएको बताउनुभएको छ ।
चीन भ्रमणको अन्त्यमा म्याक्रोनको सांस्कृतिक स्पर्श
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन र व्यापार सम्बन्धी महत्वपूर्ण र केही कडा कूटनीतिक वार्तापछि शुक्रबार चीनको आफ्नो चौथो राजकीय भ्रमणलाई थप हल्का र मैत्रीपूर्ण शैलीमा समापन गर्नु भएको छ ।