जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभएको छ।
उपराष्ट्रपति यादवद्वारा पितृशोकमा रहनुभएका ओलीप्रति समवेदना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ।
रास्वपा नवनिर्वाचित सांसदको अभिमुखीकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।
राष्ट्रपति पौडेलद्वारा एमाले अध्यक्ष ओलीप्रति समवेदना प्रकट
राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ ।
नेपालको समृद्धि साझा लक्ष्य
प्रधानमन्त्री सुशीला कार्कीले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको नेपाल नयाँ राजनीतिक परिवेशअनकूल मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जागृत भएको बताउनु भएको छ ।
एनआरएनए विश्व सम्मेलनको घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ ।
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने र गैरआवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित र पारदर्शी रूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सम्पन्न
कोशी प्रदेश सरकारको आज सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
रास्वपा सभापति लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा मङ्गलबार सुनुवाइ हुने
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा मङ्गलबार सुनुवाइ गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको नविनतम मोडेल उत्कृष्ट : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिक सेवाका लागि अबलम्बन गरेको नविनतम मोडेल उत्कृष्ट रहेको बताउनुभएको छ ।
न्याय निरूपण र कानुनी प्रतिरक्षाको काम प्रभावकारी छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले न्याय निरूपण र कानुनी प्रतिरक्षाको काम प्रभावकारी रूपमा गरिरहेको बताउनुभएको छ ।
उपभोक्ता हित संरक्षण गर्न स्थानीय तहलाई दिएको अधिकार पर्याप्त छैन : कार्यवाहक प्रमुख डंगोल
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता हित संरक्षणका लागि सरकारले स्थानीय तहलाई दिएको अधिकार पर्याप्त नभएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह निरीक्षण
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको अवस्थाको निरीक्षण अवलोकन गर्नुभएको छ ।
मतान्तर मात्र पाँच, खर्चमा ठुलो अन्तर : पोखरेल १० लाख, लुईंटेल झन्डै ३१ लाख
मतान्तर अत्यन्तै सानो भए पनि चुनावी खर्चमा भने उल्लेख्य अन्तर देखिएको छ । निर्वाचनमा विजयी हुनुभएका पोखरेलले १० लाख ३४ हजार ७०० रुपियाँ खर्च भएको विवरण बुझाउनुभएको छ । यता नेपाली कांग्रेसका उम्मेदवार लुईंटेलले ३० लाख ९९ हजार १५० रुपियाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ ।
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ ।
संसदीय राजनीतिबाट सन्यास लिने डा.सिके राउतको घोषणा
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन संशोधन गर्ने कोशी सरकारको निर्णय
कोशी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्ने भएको छ ।
बागलुङबाट तीन महिला समानुपातिक सांसद
प्रतिनिधिसभाको समानुपातिक तर्फ बागलुङबाट तीन जना महिला सांसद बन्ने निश्चित भएको छ। बागलुङका दुई निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल खड्का र शोम शर्माले जित हासिल गनुर्भएकाे थियाे ।
जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण
सरकारले २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने गरी ग्रहण गर्ने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सम्पन्न मन्त्रीपरिषद् बैठकले जेनजी जनआन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो ।
राजनीतिक दलले बुझाए समानुपातिक सदस्यको सूची
राजनीतिक दलहरूले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सदस्यको सूची निर्वाचन आयोगमा बुझाएका छन् । प्राप्त सूचिमाथि निर्वाचन आयोगले रुजु गर्ने प्रक्रिया सुरु गरेको छ ।
रास्वपा सभापति लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर सोमबार सुनुवाइ गर्ने भएको छ ।
प्रधानमन्त्रीसँग कांग्रेस नेतृत्वको भेट
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका नेताले भेटवार्ता गर्नुभएको छ ।
पार्टी सुधारका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव आह्वान
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी दिनमा पार्टीमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव माग्नुभएको छ ।