शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कोकिला ढकाल
इलाम, फागुन २३ गते । इलाम–२ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिनुुभएको छ । नेम्वाङले अहिलेसम्ममा दस हजार ९१९ मत प्राप्त गर्नुभएको छ ।
पछिल्लो परिणाम अनुसार चुलाचुली गाउँपालिका र माई नगरपालिका र फाफोकथुम गाउँपालिका, माङ्सेबुुङ सबै र देउमाई नगरपालिका–१ र २ गणना गर्दा ६२५ मतले नेम्वाङले अग्रता कायम गर्नुभएको हो ।
इलाम–२ मा श्रमसंस्कृति पार्टीका सुुदिप राईले १० हजार २८७, नेपाली कांग्रेसका भेषराज आचार्यले पाँच हजार ९८८, रास्वपाका गोकुुल राईको दुुई हजार ७४४, नेपाली कम्युुनिस्ट पार्टीका ओम गुरुङको आठ सय ४९ मत प्राप्त गर्नुभएको छ ।
अहिले देउमाई नगरपालिकाको मत गणना जारी छ । इलाम–२ मा अब इलाम नगरपालिका गन्न बाँकी छ । इलाम–२ मा ६७ हजार ६४८ मत खसेको थियो ।