नवीनराज कुइँकेल
लमजुङ, फागुन २२ गते । लमजुङमा नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले अग्रता लिनुभएको छ ।
दुधपोखरी गाउँपालिकाको मत गन्दा तेस्रो स्थानमा रहनुभएका गुरुङ आफ्नो पालिका क्व्होलासोथार गाउँपालिका चढ्दा अघि बढ्नुभएको हो ।
हालसम्म ९ हजार ६०१ मत गणना हुँदा पृथ्वी सुब्बा गुरुङले ३ हजार ३४७ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका गमप्रसाद गुरुङले २ हजार ७९३ मत ल्याउनुभएको छ ।
रास्वपाका उम्मेदवार धर्मराज केसीले २ हजार ३९२ मतसहित तेस्रो हुनुहुन्छ । नेकपा उम्मेदवार हरिजङ तामाङले ४ सय ४६ मत पाउनुभएको छ । ३३८ मत बदर भएको छ ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
महिला ३८ हजार ८ सय ५६ र पुरुष ३६ हजार २ सय २९ पुरुषबाट मत खसेको थियो । यहाँ ११ राजनीतिक दल र एक स्वतन्त्र गरी १२ जना उम्मेदवार रहनुभएको छ ।