• २३ फागुन २०८२, शनिबार

बागलुङ–२ मा रास्वपाका सोम शर्मा फराकिलो मतान्तरले अगाडि

blog

नवराज नेपाली

बागलुङ (गलकोट), फागुन २२ गते ।  प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बागलुङ क्षेत्र नं२ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्माको अग्रता कायमै रहेको छ ।

हालसम्म भएको मतगणनाको विवरण अनुसार घन्टी चुनाव चिन्हबाट उम्मेदवारी दिएका शर्मा ४ हजार ४० मतसहित पहिलो स्थानमा हुनहुन्छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ३ हजार १७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपाका ज्ञामनाथ गैरेले २ हजार ९ सय ६५ मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २ हजार २ सय ९५ मत प्राप्त गर्नुभएको छ ।अहिलेसम्म १४ वटा वडाको मतगणना भइसकेको छ बाँकी ३४ वडाको मतगणना भइरहेको छ ।