शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तिलाचन पाण्डे
तम्घास(गुल्मी),फागुन २३ गते । गुल्मी क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।
उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडि पार्दै जित हात पार्नुभएको हो ।
उहाँले ३० हजार ४४८ मत प्राप्त गर्दा ज्ञवालीले १५ हजार ३२८ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले १३ हजार ७३१ मत प्राप्त गर्नुभएको छ ।