• २३ फागुन २०८२, शनिबार

सिन्धुली–२ मा रास्वपाका गजुरेल विजयी

blog

विजेता आशिष गजुरेल ।

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुलीको निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आशिष गजुरेल विजयी बन्नुभएको छ । 

उहाँले १७ हजार ९४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विजयी गजुरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल(राजन)ले १४ हजार ७८० मत प्राप्त गर्नुभएको छ । 

नेकपा (एमाले)का मनोजजङ्ग थापाले ११ हजार ६०६ र नेपाली कांग्रेसका शुशिला थिङ्ले ६ हजार ७६० मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका बागी उमेद्वार खड्गबहादुर वाइवाले ४५८ र अर्का स्वतन्त्र उम्मेदवार (नेकपाका बागी) का महेश्वर दाहालले ५८६ मत प्राप्त गर्नुभएको छ ।

यो निर्वाचन क्षेत्रमा विजयी गजुरेलसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा थिए । मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले शनिबार नै विजयी गजुरेललाई प्रमाणपत्र प्रदान गर्नुभएको छ ।