• १७ फागुन २०८२, आइतबार

चुनावी अभियानमा एमालेको शक्ति प्रदर्शन

blog

दाङको घोराहीमा आयोजित शक्ति प्रदर्शनमा एमाले महासचिव शङ्कर पोखरेलसहित नेता तथा कार्यकर्ता । तस्बिर : सन्तोष दहित ।

सन्तोष दहित

दाङ, फागुन १७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दाङ क्षेत्र नं. २ अन्तर्गत घोराही बजारमा शक्ति प्रदर्शन गरेको छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै एमाले दाङ क्षेत्र नं. २ ले घोराहीमा शक्ति प्रदर्शन गरेको हो ।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलको दायाँतर्फ घोराही उपमहानगरपालिकाका नगर प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य नरूलाल चौधरी र बायाँतर्फ पार्टीकी केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार शान्ता चौधरी सहभागी हुनुहुन्थ्यो ।  कार्यक्रममा एमाले कार्यकर्ता तथा शुभचिन्तकको उपस्थिति थियो ।

विभिन्न जातजाति तथा समुदायका व्यक्ति आ–आफ्नो परम्परागत भेषभूषा, बाजागाजा र झाँकीसहित कार्यक्रममा सहभागी हुँदा बजार क्षेत्र रमाइलो देखिन्थ्यो । कार्यक्रममा सहभागीले पार्टीको झण्डा र चुनाव चिह्न अङ्कित प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।