लुम्बिनी सरकारले निजामती सेवा नियमावली लोकसेवामा पठाइने
लुम्बिनी सरकारले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोकसेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओली आज अन्नपूर्ण आधार शिविर आउनुहुने
प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर आउनुहुने भएको छ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ ।
‘युवा र पुँजी पलायन रोक्नु पर्छ’
राष्ट्रिय सभाका सांसदले स्नातक तह पढ्न विदेश जान प्रतिबन्ध लगाउनुपर्ने धारणा राख्नुभएको छ । युवा र पुँजी दुवै पलायन रोक्न कानुन बनाएर संसद्ले यस प्रकारको व्यवस्था गर्नुपर्ने सांसदहरूको तर्क छ ।
कलेजो र मिर्गौला प्रत्यारोपणपछि महर्जन ‘डिस्चार्ज’
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत व्यक्तिबाट मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरिएका व्यक्ति १९ औँ दिनमा पूर्ण स्वास्थ्य लाभ गरी सोमबार ‘डिस्चार्ज’ हुनुभएको छ ।
बजेट कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
‘जातीय विविधतालाई राष्ट्रिय एकतामा रूपान्तरण गर्नुपर्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जातीय विविधता नै नेपालीको पहिचान भएकाले यसलाई राष्ट्रिय एकताका लागि उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।
अध्यक्ष यादव र मलेसियन राजदूतबिच नेपाली श्रमिकको समस्या बारे छलफल
मलेसिया भ्रमणमा रहनुभएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबिच नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर बारे छलफल भएको छ।
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल
संसदमा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ ।
पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा
सुदूरपश्चिम प्रदेश सरकार, धनगढीका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राजा फर्काउने दिवा सपना मात्र: प्रदीप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजा फर्काउने दिवा सपना नदेख्न चुनौती दिनुभएको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी गोरखाले गोरखा सदरमुकाममा आयोजना गरेको वडा स्तरीय पार्टी निर्माण अभियानलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
बागमती प्रदेश सभाबाट दुई वटा विधेयक स्वीकृत
बागमती प्रदेश सभाबाट दुई वटा विधेयक स्वीकृत भएको छ ।
गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्रविपरीत
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताउनुभएको छ ।
कानुन व्यवसायीबाट हुने अनुशासनहीन काम सरकारले रोक्छ : कानुनमन्त्री चौरसिया
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन व्यवसायीबाट हुने अनुशासनहीन कामलाई सरकारले रोक्ने बताउनुभएको छ ।
एक करोडसम्म ऋण लिने उद्यमीले दुःख पाए : पूर्वअर्थमन्त्री कार्की
पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले १ करोडसम्म ऋण लिने उद्यमीहरूले अहिले पनि दुःख पाएको बताउनुभएको छ ।
जातीय एकता वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी वृद्धि गर्दै सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुभएको छ।
पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता हुनुभएको छ । उहाँ सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो ।
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबिच शिष्टाचार भेटवार्ता
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) मिसन प्रमुख सरवत जहानबिच शिष्टाचार भेटवार्ता भएको छ ।
यातायात व्यवसायीसँगको छलफल सकारात्मक
गृह मन्त्री रमेश लेखकसहित यातायात व्यवसायीबिच सोमबार बिहानदेखि भएको छलफल सम्पन्न भएको छ ।
कांग्रेस पदाधिकारी बैठक बस्दै
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्ने बताइएको छ ।
माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै छ । बैठक सोमबार मध्यान्ह माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।
नेकपा एमाले संसदीय दलको बैठक बस्दै
सत्तारुढ दल नेकपा (एमाले)को संसदीय दलको बैठक सोमबार बस्दै छ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ । बैठकमा बजेटबारे दलको धारणा, बजेटको समीक्षाका बारेमा छलफल केन्द्रित हुने बताइएको छ ।
रास्वपा केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र संसदीय दलको बैठक सोमबार बस्दै छ । केन्द्रीय सचिवालयको बैठक दिउँसो १ बजे बस्ने छ भने संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने छ ।
चार संसदीय समितिको बैठक बस्दै
सोमबार एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।