काठमाडौँ, फागुन २७ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ६० पैसा र बिक्रीदर १४७ रुपियाँ २० पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपियाँ ७० पैसा र बिक्रीदर १७१ रुपियाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपियाँ १७ पैसा र बिक्रीदर १९७ रुपियाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ०५ पैसा र बिक्रीदर १८९ रुपियाँ ८३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ २८ पैसा र बिक्रीदर १०४ रुपियाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ०८ पैसा र बिक्रीदर १०८ रुपियाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ २७ पैसा र बिक्रीदर ११५ रुपियाँ ७४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ३३ पैसा र बिक्रीदर २१ रुपियाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ०६ पैसा र बिक्रीदर ३९ रुपियाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ११ पैसा र बिक्रीदर ४० रुपियाँ २७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६३ पैसा र बिक्रीदर चार रुपियाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ९१ पैसा र बिक्रीदर ४० रुपियाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३५ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ९७ पैसा र बिक्रीदर १० रुपियाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०८ पैसा र बिक्रीदर १६ रुपियाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८५ पैसा र बिक्रीदर २२ रुपियाँ ९४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ७४ पैसा र बिक्रीदर १८ रुपियाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपियाँ ८५ पैसा र बिक्रीदर ४८० रुपियाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपियाँ २९ पैसा र बिक्रीदर ३८९ रुपियाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपियाँ ७५ पैसा र बिक्रीदर ३८२ रुपियाँ ३१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस