सजिलो भयो सवारी पत्रु बनाउन
सवारीसाधन पुरानो भएर नचलाएको बर्सौं भयो ? वा लगत कट्टा गर्न बर्सौंको कर लाखौँ तिर्नुपर्ने भएकाले समस्यामा हुनुहुन्छ ? अब यस्ता समस्याको समाधान सहज भएको छ । सरकारले २० वर्ष पुराना वा सञ्चालनमा आउन नसक्ने सवारीसाधनको लगत कट्टा गर्न अन्तिम दुई वर्षको मात्रै कर बुझाए बाँकी छुट हुने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यले उक्त व्यवस्था गरेको हो ।
कांग्रेस कार्यालय ‘प्लास्टिकरहित’
नेपाली कांग्रेसले केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म नै ‘प्लास्टिकरहित’ बनाउने घोषणा गरेको छ ।
मनसुन अगावै तयारी गर्न सरकारसँग देउवाको आग्रह
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन शुरु हुन लागेको भन्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
गणतन्त्र राजनीतिक दल र जनसङ्घर्षको प्रतिफल होः अध्यक्ष दाहाल
काठमाडौँ, जेठ १८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नेपालका परिवर्तनकारी राजनीतिक दल र आमजनताको संयुक्त सङ्घर्षको प्रतिफल भएको बताउनुभएको छ । पार्टीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग ९वाइसिएल०को तेस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले गणतन्त्र माओवादी पार्टीको मात्रै हो भनेर राजावादीले जनतामा भ्रम सिर्जना गर्न खोजिरहेको भन्दै यस्तो बताउनुभएको हो । “गणतन्त्र सबैको साझा उपलब्धि हो, यसको संस्थागत र वैचारिक रक्षा गर्न सक्ने नेतृत्व माओवादीसँग छ”, अध्यक्ष दाहालले भन्नुभयो, “राजावादीहरू माओवादीले मात्र गणतन्त्र ल्याएको हो, गणतन्त्र प्रचण्डको हो भनेर प्रचार गर्छन् । यो सुन्दा मिठो लाग्न सक्छ, तर उनीहरूको उद्देश्य गणतन्त्रवादी शक्तिलाई फुटाउन सकिन्छ कि भन्ने हो, यसको सशक्त प्रतिवाद गर्नुपर्छ ।”मुलुकलाई सङ्घीय लोकतान्तिक गणतन्त्रमा लैजान माओवादी जनयुद्धको महत्त्वपूर्ण भूमिका भए पनि तत्कालीन अवस्थामा नेपाली कांग्रेस, नेकपा ९एमाले० र जनताको सहयात्राले गणतन्त्र स्थापना भएको अध्यक्ष दाहालको भनाइ थियो । वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटाले मुलुकमा गणतन्त्र ल्याउन लडेका युवा यसको रक्षा गर्न पनि अग्रपङ्क्तिमा उभिने बताउनुभयो ।
संविधानले सुनिश्चित गरेको अधिकार पाइन्छ : नेता विश्वकर्मा
नेकपा (एमाले) का सचिव, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले दलित आन्दोलन सही बाटोमा रहेको भन्दै संविधानले सुनिश्चित गरेको अधिकार लिन कसैको दया नचाहिने बताउनुभएको छ ।
लोकतन्त्रबारे जनतालाई बुझाउन सकिएनः महासचिव पोखरेल
काठमाडौँ, जेठ १८ गते । नेपाल कम्युनिष्ट पार्टी [एमाले] का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई आज यहाँ सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि गरेको सहयोगबारे जनतालाई बुझाउन नसकिएको बताउनुनभयो । “लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि ठूलो सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनताको माझमा जुन हिसाबले पुर्याउनुपर्ने थियो, त्यस हिसाबले पुर्याउन सकेका छैनौँ,” उहाँले भन्नुभयो । महासचिव पोखरेलले नेपाली राजनीतिमा जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्रमाथि नै अनास्था र अविश्वास हुने हिसाबले चर्चा गर्न थालिएको उल्लेख गर्दै लोकतन्त्रले केही दिएन, बरु योभन्दा राजतन्त्र नै ठीक थियो भन्ने हिसाबले समेत प्रचार गर्ने प्रयत्न भएको बताउनुभयो । उहाँले संयुक्त सरकार चलाउनु पर्दा आफ्ना विचार र दृष्टिकोण पूर्ण रुपमा लागू गर्न नसकिने उल्लेख गर्दै अहिले दुई दल मिलेर सरकार चलाइरहँदा एकल सरकार चलाएजस्तो सहज नभएको बताउनुभयो । अहिले दुई ठूला दलको सरकार बनेपछि देशको आर्थिक क्षेत्रमा उल्लेख्य सुधार भएको महासचिव पोखरेलले बताउनुभयो । उहाँले सीमित जनशक्ति र साधनस्रोतका बीचमा पनि नेपालको स्वास्थ्य क्षेत्रले सामाजिक विकासमा पुर्याएको योगदान महत्वपूर्ण भएको बताउनुभयो । नेपाली समाजलाई पछाडि फर्काउने मनसाय बोकेर केही शक्ति भ्रमको खेतीमा लागेका उहाँको आरोप थियो । नेपालको आर्थिक, सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा एमाले नेतृत्वमा हुँदा निकै सुधार भएको महासचिव पोखरेलले बताउनुभयो ।राज्यलाई कमजोर बनाएर देश र नागरिक कहिल्यै पनि बलिया हुन नसक्ने उल्लेख गर्दै उहाँले बलियो राज्यले मात्र देश र जनताको सुरक्षा गर्न सक्ने कुरालाई भुल्न नहुने बताउनुभयो । महासचिव पोखरेलले पार्टीभित्र पनि अराजकतावाद र अवसरवाद मौलाउँदै गएको धारणा राख्नुभयो । आजसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका अध्यक्ष डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
यी हुन् प्रधानमन्त्रीले शिलान्यास गर्नुभएका ६४ सडक
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्रः एक सडक’ नामक गौरवपूर्ण योजनाअन्तर्गत निर्माण हुने ६४ वटा सडक आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक विद्युतीय माध्यममार्फत शिलान्यास गर्नुभयो ।
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सुुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताउनुभएको छ।
वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकसाथ शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गर्नुभएको छ ।
आन्दोलनका क्रममा कमल थापा पक्राउ
निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि प्रहरीले राप्रपा, नेपालका अध्यक्ष थापासहितका नेतालाई नियन्त्रणमा लिएको हो ।
यातायात व्यवसायीलाई वार्तामा आउन मन्त्रालयको आह्वान
गण्डकी प्रदेशका यातायात व्यवसायीलाई वार्तामा आउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आह्वान गरेको छ ।
‘गणतन्त्रमाथि चुनौती दिने प्रयत्न भइरहेको छ’
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती दिने प्रयत्न भइरहेको बताउनुभएको छ । पछिल्लो समय राजावादीका नाममा गणतन्त्रमाथि चुनौती दिने काम भइरहेको राईले बताउनुभयो ।
स्याटलाइट र डेटा सेन्टर बनाउन जापानी प्रविधि प्रयोग गर्ने छौं : सञ्चारमन्त्री गुरुङ
जापान भ्रमणमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नेपालले आफ्नै स्याटलाइट र डेटा सेन्टर बनाउँदा जापानी प्रविधिको प्रयोग गर्ने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति स्वदेश फर्कनुभएको छ ।
कांग्रेसलाई नयाँ र सशक्त ढङ्गले लैजानुपर्छ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी अब भावुक स्मृतिमा नभइ उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्ने बताउनु भएको छ ।
अबको मुद्दा सुदृढ गणतन्त्र
विसं २०५९ असोज १८ गते शाह वंशका अन्तिम शासक तत्कालीन राजाबाट ‘शाही घोषणा’ मार्फत जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि मुलुकमा सर्वत्र शाही कदमको विरोध सुरु भयो ।
कीर्तिपुर सधैं परिवर्तनको अग्रपंक्तिमा छ :अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरले सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताउनुभएको छ।
पहिचान र प्रतिनिधित्वको लडाइँमा सधैँ किरात समुदायसँगै छु : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्त्वको लडाइँमा आफू सधैँ किरात समुदायसँगै रहेको बताउनुभएको छ।
लुम्बिनीको प्रचार–प्रसारमा सञ्चार क्षेत्र लाग्नुपर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रियस्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले ‘लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचार–प्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनुभयो ।
नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको प्रयोग गर्नुहोस् : कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिकाले आम नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको पनि प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको लिएको सही राजनीतिरूपी शरीरमा विज्ञताको मांशपेशी भर्नसकेमात्रै सुन्दर नेपाल बनाउन सकिने बताउनुभएको छ ।
बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोसिस गरिएको छः अध्यक्ष सिंह
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटले कुनै एउटा समूहलाई आर्थिक लाभ दिने काम नगरेको स्पष्ट पार्नुभएको छ ।
लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको उत्तरदायित्व : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताउनुभएको छ ।