• १२ फागुन २०८२, मङ्गलबार

नाउपा नेपालका उम्मेदवार रास्वपामा प्रवेश

blog

उम्मेदवार जगन्नाथ चौधरीलाई पार्टी प्रवेश गराइदै ।

अविनाश चौधरी

धनगढी, फागुन १२ गते । नागरिक उन्मुक्ति पार्टी नेपालको कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ ।

 चकिया (जाँतो) चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनु भएको उहाँ निर्वाचनको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको हो । 

उहाँलाई आज रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारु, सो पार्टीको क्षेत्र नम्बर ५ का उम्मेदवार आनन्दबहादुर चन्द, हरि रेग्मी लगायतका नेताहरूले पार्टी प्रवेश गराउनुभयो ।

 रेशमलाल चौधरीको संरक्षणमा रहेको नागरिक उन्मुक्ति पार्टी, नेपालले कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीले थारू समुदायको सवालमा उठाएको एजेण्डा मिलेकाले नाउपा, नेपालको उम्मेदवार चौधरी आफ्नो पार्टीमा आएको रास्वपा केन्द्रीय सदस्य थारुले जानकारी दिनुभयो । 

उम्मेदवार चौधरी रास्वपा प्रवेश गरे पनि उहाँको उम्मेदवारी भने कायम रहि रहने छ । चौधरीले सम्भवतः अब आफैलेसमेत आफूलाई भोट नहाल्ने उम्मेदवार बन्नु हुनेछ ।