• १९ जेठ २०८२, सोमबार

प्रधानमन्त्री ओली आइतबार जनकपुर आउनुहुँदै

blog

प्रधानमन्त्री केपी शर्मा ओली

विजयकुमार साह
ढल्केबर, जेठ १७ गते ।
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार जनकपुर आउने हुनुभएको छ । मधेश प्रदेश सरकारको गौरव तथा बहुवर्षीय ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजानको शिलान्यास गर्न प्रधानमन्त्री ओली जनकपुर आउन लाग्नुभएको हो । 

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले मधेश प्रदेश सरकारले निर्माण गर्न लागेको ३२० किलोमिटर कालोपत्रे सडक योजानको शिलान्यास प्रधानमन्त्री ओलीले गर्नुहुने बताउनुभयो । उहाँका अनुसार आइतबार जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रधानमन्त्री ओलीले डिजिटल प्रणालीबाट सडकको शिलान्यास गर्नुहुने छ । सडक निर्माणमा नौ अर्ब ६० करोड रुपियाँ लागत लाग्ने उहाँले जानकारी गराउनुभयो ।

मन्त्री यादवले ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजानको दोस्रो चरणअन्तर्गत प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले ३२० किलोमिटर कालोपत्रे सडक निर्माण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा पनि यही योजनाअन्तर्गत प्रदेशभर ३२० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ ।

शिलान्यास कार्यक्रमलाई ऐतिहासिक तथा सन्देश मूलक बनाउने बताउँदै मन्त्री यादवले यस योजनाले जनतालाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । मधेश प्रदेशको भौतिक पूर्वाधारमा ठुलो परिवर्तन आउने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “यो सडक योजनाले ग्रामीण क्षेत्रलाई सहरी क्षेत्रसँग जोड्ने, कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन र आपतकालीन सेवा सहज हुने छ । सडक सञ्जालले व्यापार, पर्यटन र स्थानीय उद्योगधन्दामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास छ । सडक पूर्वाधार सुदृढीकरणमार्फत रोजगारी सिर्जना, व्यापार, पर्यटन, स्थानीय उद्योगधन्दा प्रवर्धनमा समेत प्रत्यक्ष सुधार आउने विश्वास गरिएको मन्त्री यादवले बताउनुभयो ।