काठमाडौँ, जेठ १६ गते । यतिबेला हामी समिटर समिट शिखर आरोहीहरुको शिखर सम्मेलनमा सहभागी भइरहेका छौँ । यस अवसरमा हामी यस क्षेत्रका समस्याहरुको पनि चर्चा गरिरहेका छौँ । यस क्षेत्रको विगत र वर्तमानको समीक्षा गरिरहेका छौँ र भविष्यका बारेमा पनि छलफल गरिराखेका छौँ । यस क्षेत्रको भविष्य कसरी सुरक्षित, सुन्दर र उन्नत बनाउन सक्छौँ, त्यसमा छलफल गरिरहेका छौँ ।
अहिले सगरमाथा क्षेत्रमा फोहोरमैलाको समस्या र त्यसलाई सफा गर्नुपर्ने समस्या । दुई राउण्ड हामीले त्यसको अभियान चलाइसक्यौँ । तर पनि त्यो सफा भइसकेको छैन । अझै पनि हामीले अभियानका रुपमा सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्नेछ । त्यसमा केही नीति नियम बनाउनुपर्नेछ । जसले लिएर जान्छ, उसले कुनै पनि फोहोर त्यहाँ गर्न पाउँदैन र जे लिएर गएको हुन्छ, त्यो चिज यदि बिस्कुट बुझाउन ल्याउनुपर्छ बेसक्याम्पमा । यस प्रकारका नियम नराख्ने हो भने अर्को आरोही त्यही फोहर मात्रै सफा गर्नका लागि जानुपर्ने हुन्छ । एक जनाले फ्याँकेको फोहोर सफा गर्ने अर्को दुई जना चाहिन्छ । त्यसो भएर फोहोर सफाइको पनि बन्दोबस्त गर्ने हो कि ?
अहिले हामी ऐन र नियमको पनि संशोधन गर्दैछौँ । यसमा विभिन्न पक्षहरुका बारेमा छलफल गर्नेछौँ । त्यहाँ भइरहेको क्राउडका बारेमा, अघि भिडियोमा पनि हेर्यौँ, कति क्राउड देखिन्छ भन्ने कुरा । सगरमाथा अहिले पहिलेको जस्तो छैन, तेञ्जिङ नोर्गे रहिलारी चढेको छैन । अहिले थुप्रै मानिसहरु चडेर बाटो बनाइसकेको छ, डोरी टाँगिसकेको छ । यस्ता थुप्रै कुराहरु भइसकेका छन्, त्यसकारण सजिलो भइसकेको छ । पहिलेजस्तो गाह्रो होइन । पहिले धेरै गाह्रो थियो । अहिले जो पनि चढुँला जस्तो र धेरै अभ्यास नै नगरिकन एकैचोटी सगरमाथा जाउला जस्तो गर्छ मान्छे, किनभने चढाइदिने शेर्पा छँदैछ, माथि पुर्याइदिहाल्छ भन्ने मान्छे ढुुक्क छ । त्यो पनि एउटा हो । सोलु, सगरमाथा र शेर्पा तीन वटासँग गज्जब छ नि । सोलुमा सगरमाथा छ, सगरमाथा हिमाललाई शेर्पाले चिनेको छ, चढाइदिहाल्छन् भन्ने, जो पनि जान खोज्छन् । त्यति हल्का पनि अलिकति बनाउन भएन जस्तो लाग्छ ।
द एमेन्डमेन्ट अफ ल इज रजिष्ट्रर्ड इन द नेशनल एसेम्बली अर अपर हाउस अफ द पार्लियामेन्ट । एण्ड र द रुल इज गोइङ द एमेन्डमेन्ट । इट इज अलरेडी इन द क्याबिनेट । सो, वी आर डिस्कसिङ एबाउट द एमेन्डमेन्ट अफ दिस् रुल्स एण्ड रेगुलेशन । हाउ वी क्यान इम्प्रुभ द सिचुएशन इन सगरमाथा, इन माउण्ट एभरेष्ट । हाउ वी क्यान मेक सगरमाथा क्लिनर एण्ड इजियर एण्ड भेरी सेफ टु... ।
त्यसो भएर, केही गर्नुपर्ने कुराहरु छ भने नेपाल पर्वतारोहण सङ्घ छँदैछ, पर्यटन बोर्ड छँदैछ । त्यसकारण यी संस्थाहरुमार्फत सरकारलाई ठोस रुपमा सुझाव दिने उपयुक्त बेला भएको छ । किनभने ऐन र नियम संशोधन हुनका लागि प्रस्तावित भएका छन् । सरकारलाई यसमा धेरै केही लिनुदिनु छैन, यसमा राम्रो गर्नु मात्रै छ । अर्को कुनै स्वार्थ छैन । त्यसकारण राम्रो गर्नका लागि म यहाँहरुसँग सुझावहरु आमन्त्रण गर्न चाहन्छु र सुझावहरु दिनुस् । हामी राम्रो गर्नका लागि त्यसलाई संशोधन गर्छौं ।
आरोहीहरुका अनुभवहरु पनि हामीले सुन्यौँ, सहभागीहरुका छलफल पनि सुन्यौँ, नेतृत्वका अभिव्यक्ति पनि हामीले सुन्यौँ र भिडियो पनि हे¥यौँ । सगरमाथाको अवस्था सुन्यौँ, अनुुभव पनि सुन्यौँ । अवस्था भिडियोमा हेर्यौँ । त्यसकारण हामीले केही त गर्न पर्छ । तसर्थ, हामी यसका निम्ति सबैका प्रयासहरुलाई एक ठाउँमा ल्याउ भन्ने मेरो आग्रह छ ।
मलाई खुुसी लाग्छ, आठ हजार मिटरभन्दा माथि आरोहण गर्ने मौरिस हर्जोगलाई नेपाल एम्बेसी पेरिसमा भेटेर उहाँलाई सम्मान गर्ने मौका पाएको थिएँ । आइ मेट हिम, आइ फर्गेट द डेट बट आइ मेट हिम एण्ड अवार्डेड हिम फर हिज भेरी हिस्टोरीकल वर्क, मिस्टर मौरिस हर्जोग एण्ड हिज वाइफ ।
फ्रेन्च साथीहरुमा पनि अरुतिर जस्तै हिमाल चढेका साथीहरु र हिमाल आएका, देखेका साथीहरुमा नेपालप्रतिको ज्यादै गहिरो भावना छ । जो पहिलो सगरमाथा आरोही हुनुहुन्थ्यो, जसले अलिक पछि नै चढ्नुु भयो, १९७८ मा सगरमाथा आरोहण गर्नुभएको थियो । फस्ट फ्रेञ्च सिटिजन हु क्लाइम्ब द माउण्ट एभरेष्ट अर सगरमाथा वाज पिरमाजो, आइ गट अपरच्युनिटी टु मिट हिम एण्ड एक्सचेञ्ज ओपिनियन विथ हिम । द्याट वाज गुट अपरच्युनिटी फर मि ।
मैले अरु साथीहरुलाई पनि भेट्ने मौका पाएको छु । क्लाइमरहरुसँग, सफल क्लाइमरहरुसँग कामीरितादेखि लिएर अरु थुप्रै साथीहरुसँग मैले भेट्ने र सम्मान गर्ने मौका पाएको छुु । मलाई खुसी लागेको छ । सफलताका कथाहरु जोडिँदै जाउन् । प्रियप्रिय कुराहरु सुनिँदै जाउन् । अप्रिय कुराहरुको स्थिति नआओस् भन्ने कुरा हामी सोच्छौँ र सगरमाथा आरोहणले ७२ वर्ष पूरा गरेको छ ।
यो आगामी दिनमा अझ धेरै वर्षहरु बढ्दै जानेछन्, सफलताहरु बढ्दै जानेछन् । अवस्था, वातावरण र परिस्थितिलाई पनि हामीले अनुकूल त्यसैगरी बनाउँदै जानुपर्नेछ । यस काममा हामी सबैको साथ सहयोग आवश्यक छ । नेपाल सरकार यसप्रति कदम चाल्नका लागि प्रतिबद्ध छ । म यहाँहरु सबैलाई फेरि एकपटक धन्यवाद भन्न चाहन्छु, जो सम्मानित हुनुभएको छ, उहाँहरुलाई बधाई र शुुभकामना भन्न चाहन्छु र जो सम्मानित हुनुुभएको छैन, उहाँहरु धेरैलाई एकैचोटी सम्मान गर्न नसकिने भएको हुनाले, कोही ३० पटक चढिसकेँ, ३१ पटक चढ्नेलाई त सम्मान गर्न गाह्रो भयो नि ।
त्यसो भएर सम्मान गर्नुपर्ने ३० पटक चढ्नेलाई होइन र ? १० पटक चढ्ने होइन र ? ५ पटक चढ्ने होइन र ? ३ पटक चढ्ने होइन र ? अवश्य हो नि । अब ३१ पटक चढेपछि अरु तलकाले सम्मान पाउने त अलिक गाह्रो भयो, कठीन कुरा हुने भयो । त्यसो भएर अलिकति थोरै साथीहरुले मात्रै सम्मान पाउनुुभएको हुनसक्छ भन्ने मलाई लाग्छ । थुप्रै साथीहरुले सम्मानयोग्य काम गर्नुभएको छ । धेरै नयाँ नयाँ कीर्तिमानहरु कायम गर्नुभएको छ ।
एउटा चेलीले एकै सिजनमा आउँदै जाँदै गरेर तीन पटक सगरमाथा केही समयभित्र सफलतापूर्वक आरोहण गर्नुभएको छ । त्यस्ता कीर्तिमानहरु छन् । छोटो समयमा सगरमाथा आरोहण गर्नुभएको छ । बिना अक्सिजन सगरमाथा आरोहण गर्नुभएको छ, त्यो दुनियाँका निम्ति आश्चर्यका कुरा हुन् । तर हामी केही केही कुराहरुमा होसियार पनि हुनुु पर्दछ । अहिले केही अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा मैले सुनेको छुु कि विभिन्न खालका कुराहरु डोपिङजस्तै केही औषधि खाएर चढ्यो । त्यस्तो हो भने त्यो नहोस् भन्ने म आग्रह गर्न चाहन्छु । त्यस्तो हुँदैन, सगरमाथासँग पनि बेइमानी ? यो त भएन । त्यसो भएर त्यस्ता कुराहरु यदि भयो भने त्यसलाई रोक्नुपर्छ र हामीले त्यस्ता कुराहरुमा ख्याल पनि गर्नुपर्छ ।
समिटर समिटमा तपाईंहरुको यो उत्साहलाई, थकाइ नलागिकन अन्टायर्ड जस्तो निरन्तरको प्रयास र सहभागितलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । सबैमा शुभ रहोस् । यो सफल भएको छ । सफलताको कीर्तिमानलाई अगाडि बढाउनुपर्छ । यसलाई अझ बढी अन्तरराष्ट्रियकरण पनि गर्दै जानुुपर्छ र यसमा आकर्षण पनि बढोस् तर भिडन्तमा पनि नजाओस् । सगरमाथालाई धेरै सस्तो चिज बनाउनभन्दा अलिकति त्यसको वेट राख्ने तरिका पनि अवलम्बन गर्नुपर्छ भन्ने लाग्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १५ जेठमा ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा व्यक्त गर्नुभएको मन्तव्यमा आधारित स्वकीय सचिवालयबाट तयार गरिएको पूर्णपाठ