• १७ जेठ २०८२, शनिबार

बजेट समयानुसार प्रगतिशील छ : सांसद भण्डारी

blog

सांसद डा. चन्द्र भण्डारी ।

रमेश विश्वकर्मा

गुल्मी, जेठ १६ गते। नेपाली कांग्रेसका नेता एवम् गुल्मी क्षेत्र नम्बर–१ सङ्घीय सांसद डा. चन्द्र भण्डारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रस्तुत गर्नुभएको बजेट समयानुसार प्रगतिशील रहेको बताउनुभएको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेटले समस्या पहिचान र बजेट विनियोजनको क्षेत्र पहिचान गरेको भन्दै उहाँले यस्तो बताउनुभएको हो। 

‘बजेट हाम्रो भू–बनोट अनुसार के–कस्तो हुनुपर्दछ भन्ने तहसम्म पुग्न सकेको छैन’, उहाँले भन्नुभएको छ, ‘बजेट सम्बन्धित तहसम्म पुगेको भए राजस्व सङ्कलन र देशलाई आत्मनिर्भर बनाउने बाटो सजिलो हुने थियो।’

देशमा अझै पनि आर्थिक सुधार पारदर्शिता र सुशासनको आवश्यकता रहेको सांसद भण्डारी बताउनुभयो। ‘बजेट कार्यान्वयन र सुधारका लागि सही व्यक्ति सही ठाउँमा राख्न हामी आफै भित्रका चुनौतीहरूलाई चिर्न सक्नु पर्दछ’, उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ।