रौतहटको गौरमा कर्फ्यु आदेश जारी
जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कफ्र्यु आदेश जारी गरेको छ ।
विकास मेरो प्राथमिकताः डा. शाक्य
नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नम्बर–९ का उम्मेदवार डा. अजयक्रान्ति शाक्यले मतदाताहरूमा आफ्नो लागि ठुलो उत्साह र भरोसा पाएको बताउनुभएको छ । ‘काठमाडौं क्षेत्र नम्बर–९ का बुद्धिजीवी र आम नागरिकले एक जना प्राज्ञिक, विकासको स्पष्ट खाका बुझेको र कार्यन्वयन गर्न सक्ने विज्ञ व्यक्तित्वलाई उम्मेदवारको रूपमा पाएको बताउनुभएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनु भएको छ ।
सम्बोधन अघि दबाबमा ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको एक वर्ष पूरा गर्दै स्टेट अफ द युनियन सम्बोधनको तयारीमा जुटिरहनु भएका बेला घरेलु र अन्तर्राष्ट्रिय दुवै मोर्चाको दबाबमा पर्नु भएको छ ।
अध्यक्ष ओली दमकमा, निजी क्षेत्रसँग आज अन्तरसंवाद
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज दमकमा निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने हुनेभएको छ । निर्वाचन क्षेत्र झापा ५ को दमकमा दिउँसो ३ बजे अन्तरक्रिया हुन लागेको उहाँको सचिवालयले जनाएको छ ।
सल्यानमा चुनावी तयारी तीव्र
। निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनको तयारी गरिएको छ । यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानमा आवश्यक मतपत्र तथा बन्दोबस्ती सामग्रीको तयारी तीव्र पारिएको छ ।
जसपा नेपाल धनकुटाको घोषणा पत्र सार्वजनिक
जनता समाजवादी पार्टी नेपाल (जसपा) धनकुटाका उम्मेदवार आइतराज लिम्बुले आफ्नो घोषणा पत्र सार्वजनिक गर्नुभएको छ। धनकुटामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कृषि आधुनिकीकरणदेखि उद्योग, शिक्षा र पूर्वाधार विकाससम्मका योजनाहरू समावेश गरिएको घोषणा पत्र प्रस्तुत गर्नुभयो।
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बिसिएम’को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ ।
एमालेको झण्डा जलाउने घटनामा थप दुई पक्राउ
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाइएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
बलराका पूर्व नगरप्रमुख सिंह कांग्रेसमा प्रवेश
सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिकाका पूर्व नगरप्रमुख अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
सप्तरी ४ मा चौथो पटक जित निकाल्ने दाउमा पूर्वमन्त्री चौधरी
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ बाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
झापा–२ मा बहुआयामिक प्रतिस्पर्धा : रोजगारीदेखि स्वास्थ्य र सुशासनसम्म प्रमुख मुद्दा
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा–२ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । बिहानको झिसमिसे उज्यालोसँगै गाउँ–टोल, चियापसल, भक्का पाइने स्थल, चौतारो र बजारका गल्लीहरूमा निर्वाचनकै चर्चा चल्ने गरेको पाइन्छ ।
पूर्वतयारी अन्तिम चरणमा
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तिम चरणमा पु¥याएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर यस बारेमा जानकारी गराएको हो ।
असन्तुष्टि र अपेक्षाकेन्द्रित बहस
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको माहोल चर्किंदै जाँदा जनताको मत मात्र हैन मतदाताबिच नयाँ र पुराना दलका दर्शन, काम र सोचको जुहारी पनि चर्कंदो छ । यतिखेर चुनावी प्रचारप्रसारका लागि मैदानमा पुराना दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, नेकपा (माओवादी), जनता समाजवादी पार्टी नेपाल लगायत दल आफ्नै पुरानो ढर्रामा उत्रिएका छन् । उनीहरूका घोषणापत्रमा उही पुराना र पूरा नहुने विकासे कुरा मात्र यस पटक पनि रहेको आरोप मतदाताले लगाएका छन् ।
झण्डा जलाउनेलाई जनताले अस्वीकार गर्नेछन् : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको झण्डा जलाइएको घटनाप्रति आक्रोश व्यक्त गर्दै झण्डा जलाउनेलाई निर्वाचन मार्फत जनताले अस्वीकार गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सङ्घीयता विरोधीदेखि सचेत रहन अध्यक्ष यादवको आग्रह
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी पार्टीहरूले प्रदेश खारेज गरेर फेरि मधेसी जनतालाई गुलाम बनाउन चाहेको बताउनु भएको छ ।
'जेनजी' आन्दोलनको मर्म कांग्रेसले संस्थागत गर्छ : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा देखिएका सबै खाले समस्याको सन्तुलित व्यवस्थापन र समाधानका लागि कांग्रेसले सरकारको एकल नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित गरेको छ ।
एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाउने पक्राउ
दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन् ।
निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन
गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जानकारी लिनुभएको छ ।
गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन
गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकासमन्त्री कुमार इङ्नामले आज सुन्धारास्थित धरहरा क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँहरूले धरहराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रको समेत स्थलगत निरीक्षण गर्नुभएको हो ।
सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ ।
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ ।
जयप्रकाश ठाकुरद्वारा जसपा परित्याग
प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा जनता समाजवादी पार्टी (जसपा) नेपालका समन्वय समिति सदस्य जयप्रकाश ठाकुरले पार्टी परित्याग गर्नुभएको छ ।