ट्रम्पको प्रश्न : इरान किन झुकेको छैन ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन सम्झौतामा झुकेको छैन भन्ने प्रश्न उठाउनुभएको अमेरिकी दूत स्टिभ विटकफले बताउनुभएको छ ।
निर्वाचनमा तीन दिन बिदा दिन आयोगको सिफारिस
निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताका लागि तीन दिन बिदा सिफारिस गरेको छ ।
बाँके ३ का उम्मेदवार जिएमका सङ्कल्प पत्र सार्वजनिक
बाँके निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जिएमले समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको छ ।
सल्यानमा घरदैलो मतदाता शिक्षा अभियान
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानमा घरदैलोमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन
गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय र समाचार बुलेटिन कक्ष’ को अवलोकन गर्नुभएको छ ।
योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक बनाउन निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
सप्तरीका २०९ मतदान स्थल अति सम्वेदनशील
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीमा रहेको २९८ मतदान स्थल मध्ये सुरक्षा विश्लेषणको आधारमा २०९ वटालाई अति सम्वेदशीलको सूचीमा राखिएको छ ।
निर्वाचनविरुद्धको कसरत निस्तेज पार्नुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचन भाड्ने शक्तिहरु सक्रिय रहेकाले सबै प्रकारका कसरतलाई निस्तेज पार्नुपर्ने बताउनुभएको छ ।
निर्वाचनमा पारदर्शिता र युवाको सक्रियताबारे अन्तरपुस्ता संवाद
सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया तथा नवयुवाको सहभागिता सम्बन्धी अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ ।
पेचिलो निर्वाचनलाई सरल बनाएका छौं : प्रमुख निर्वाचन आयुक्त भण्डारी
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शताब्दीकै पेचिलो निर्वाचनलाई आयोगले सरल बनाएको बताउनुभएको छ ।
‘निर्वाचनलाई निष्पक्ष शान्तिपूर्ण बनाउनूस्’
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । शुक्रबार साँझ बुटवल आएकी प्रधानमन्त्री कार्कीले शनिबार बिहान लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्वाचन निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण बनाउन निर्देशन दिनुभएको हो ।
नयाँ र पुराना होइन नवीनता खोजी
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न शनिबारदेखि १२ दिन बाँकी रहँदा राजनीतिक विमर्श दुई धारमा विभाजित भएको छ । राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक सञ्जालमा हुने निर्वाचनसम्बन्धी बहस सिद्धान्त, नीति र अबको संसद्ले गर्नुपर्ने कामका सन्दर्भमा भन्दा पनि ‘पुराना’ कि ‘नयाँ’ दल भन्दै सामाजिक ध्रुवीकरण सिर्जना गर्ने खतरा देखिएको हो ।
रौतहट घटनाप्रति सुरक्षा समितिको चासो : आपसी सद्भाव कायम राख्न आह्वान
केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ।
गृहमन्त्रीद्वारा काठमाडौँ र मकवानपुरका मतदान स्थलको अनुगमन
गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ।
निर्वाचन बिथोल्ने र चन्दा असुली गर्नेप्रति कडा हुन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेशपछि लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिनुभएको छ।
सुधारिएको कांग्रेसले मात्रै देश बदल्छ : प्रवक्ता देवराज चालिसे
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले मुलुकको भविष्य जोगाउन कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । फागुन २१ को निर्वाचन ‘देश बचाउने वा सकाउने’ भन्ने बिचको जनमत सङ्ग्रह भएको उहाँले दाबी गर्नुभयो ।
आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी
प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवार पनि प्रचारप्रसारमा व्यस्त छन् ।
गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुखको बैठक : सुरक्षा रणनीतिबारे छलफल
मुलुकको समसामयिक विषय, समग्र शान्ति सुरक्षा र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रही गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
पाँचथरमा निर्वाचन सामग्रीको व्यवस्थापन: सेनाको सहयोगमा मतपत्र आइपुग्यो
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथर जिल्लामा मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरका अनुसार प्रत्यक्षतर्फ एक लाख ५४ हजार थान र समानुपातिकतर्फ एक लाख ६२ हजार थान मतपत्र आइपुगेको हो ।
राजेन्द्र लिङदेनको नवलपरासीमा रोड सो, हिन्दु राष्ट्र पुन:स्थापना प्रमुख एजेन्डा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सुशासन कायम गर्दे हिन्दु राष्ट्र पुर्नस्थापनाको लागी राप्रपालाई भोट दिन आह्वान गर्नुभएको छ ।
रास्वपाले निर्वाचन बिथोल्न खोज्यो : एमाले
नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन बिथोल्न खोजेको आरोप लगाएको छ ।
सल्यानमा नमूना मतदानमा १६.६७ प्रतिशत मत बदर
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानमा गरिएको नमूना मतदानमा १६.६७ प्रतिशत मत बदर भएको पाइएको छ।
रास्वपामा आन्तरिक लोकतन्त्र समाप्त भएको आरोप, पूर्व नेताद्वारा विवेकपूर्ण मतदानको अपिल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विचार गरेर मात्र मतदान गर्न आग्रह गर्नुभएको छ।
नेकपा एमालेको झण्डा एवं उम्मेदवारको फोटो जलाउने पक्राउ
सप्तरीमा नेकपा एमालेको झण्डा एवं नेकपा एमालेबाट सप्तरी क्षेत्र नं २ का उम्मेदवार मोहम्मद जलाउने रहमानको तस्बिर जलाउने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।