दलित उम्मेदवारमध्ये झन्डै पचास प्रतिशत स्वतन्त्र
दलित समुदायबाट प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका करिब २३२ जनामा झन्डै ५० प्रतिशत स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्रमा पनि अधिकांश युवा उम्मेदवार छन् । पहाडमा भन्दा मधेश र सहरी क्षेत्रका दलितले बढी मात्रामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रत्यक्षतर्फको १६५ सिटका लागि ६५ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४९० उम्मेदवार चुनावी मैदानमा हुँदा २३२ जना अर्थात् ६.९० प्रतिशत दलित चुनावी मैदानमा छन् । तथ्याङ्क अनुसार २३२ जनामा करिब ११२ स्वतन्त्र उम्मेदवार रहेको समता फाउन्डेसन र डिग्निटी इनिसिएटिभको अध्ययनले देखाएको छ ।
बर्दिया– १ का एमाले उम्मेदवारको प्रतिबद्धता पत्र सार्वजनिक
प्रतिनिधि सभा निर्वाचन बर्दिया क्षेत्र न १ का नेकपा एमाले उम्मेदवार शालिकराम अधिकारीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो क्षेत्रमा गर्न सक्ने कामहरूको विवरण सहित पत्रकार सम्मेलन मार्फत प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
एमालेको घोषणापत्र : २५ आधार स्तम्भमा के छ ?
नेकपा (एमाले) को फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका चुनावी घोषणापत्र बिहीबार सार्वजनिक भएको छ ।
कांग्रेसको दुई सय पेजको प्रतिज्ञाः सङ्घमा १६ र प्रदेशमा ६ मन्त्रालय (पूर्णपाठ)
नेपाली कांग्रेसले सङ्घमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्र राख्ने चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक भएको प्रतिज्ञामा कांग्रेसले संघमा १६ र प्रदेशमा ७ मन्त्रालय रहने र अनावश्यक संरचना खारेज गर्ने उल्लेख गरेको हो।
राससको यात्रा पत्रकारिताको आधारस्तम्भ होः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय समाचार समिति (रासस) को यात्रा समाचार सम्प्रेषणको इतिहास मात्र नभई नेपालको आधुनिक पत्रकारिताको आधारस्तम्भ भएको बताउनुभएको छ ।
रास्वपाको 'वाचा पत्र' : सांसद मन्त्री बन्न नपाउने, सातै प्रदेशमा डिजिटल पार्क
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित एक सभाबीच वाचा पत्र सार्वजनिक गरेको हो ।
प्रजातन्त्रको मूल आधार जनताको सर्वोच्चता : प्रथम राष्ट्रपति यादव
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव २०६५ साउनमा निर्वाचित हुनुभएको थियो ।