सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबिच सवाल–जवाफ
सिमेन्टलगायत निर्माण सामग्री एवम् खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की अछामीबिच सवाल–जवाफ भएको छ ।
प्रतिनिधिसभाः मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने माग
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नुहुने सांसदहरूले जङ्गली जनावरको आक्रमण, सडक दुर्घटना, आगलागी, भ्रष्टाचारलगायतका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
जसपा नेपालद्वारा छमध्ये पाँच अध्यादेशमा समर्थन
जनता समाजवादी पार्टी (जसपा), नेपालले प्रतिनिधिसभामा पेस भएका ६ मध्ये पाँच अध्यादेशको समर्थन गर्ने निर्णय गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको निजी सचिवालयका अनुसार मङ्गलबार बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशप्रति भने असहमति जनाएको छ ।
विपिन जोशी रिहाइका लागि भएको पहलबारे संसदलाई जानकारी गराउन माग
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।
जङ्गली जनावरलाई जङ्गलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन सरकारसँग माग
नेपाली कांग्रेसका सांसद अञ्जनी श्रेष्ठले जङ्गली जनावरहरु गाउँबस्तीमा छिर्दा नागरिकहरुलाई सुरक्षा खतरा भएको भन्दै समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोनुहुँल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाउनुभएको छ ।
स्वर्गद्वारी गुठीपीडित किसानलाई यथाशीघ्र न्याय प्रदान गर्न आग्रह
नेपाली कांग्रेसका सांसद दीपक गिरीले आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई सरकारले यथाशीघ्र न्याय प्रदान गर्न अनुरोध गर्नुभएको छ ।
संसदको कार्यसूचीबाट भ्रष्टाचार विधेयक हटाइएकोमा माओवादी केन्द्रको आपत्ति
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको कार्यसूचिबाट भ्रष्टाचार निवारण विधेयक हटाएको भन्दै आपत्ति जनाउनुभएको छ ।
वर्तमान सरकारले ल्याएकाे अध्यादेश पास हुँदैन : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले संसदमा दर्ता गराएको विभिन्न अध्यादेशहरु पास नहुने दावी गर्नुभएको छ।
समस्याग्रस्त आयोजनामा समाधान खोज्नुपर्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समस्याग्रस्त आयोजनाहरुमा समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ । मङ्गलबार शहरी विकास मन्त्रालयअन्तर्गतका कार्यालय प्रमुखहरुलाई मन्त्रालयमा बोलाएरै उहाँले समस्याग्रस्त आयोजनाबारे चासो राख्नुभएको हो ।
‘सङ्क्रमणकालीन न्याय निरुपणका बाँकी काम सहमतिबिना अगाडि बढ्न सक्दैन’
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडेले संविधान निर्माणको लामो समयसम्म पनि द्वन्द्वपीडितहरुले सामाजिक र आर्थिक न्याय पाउन नसकेको बताउनुभएको छ ।
राष्ट्रपतिद्वारा थाइल्यान्डका लागि नेपाली राजदूतमा वली नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्यान्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वलीलाई नियुक्त गर्नुभएको छ ।
भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७ औं स्थानमा
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) सार्वजनिक गरेको छ ।
सप्तरीमा चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र रु चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ ।
संविधान संशोधन राष्ट्रिय सहमतिमा : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका सन्दर्भमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
शिक्षा ऐन चाँडै बन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संसदमा विचाराधीन अवस्थामा रहेको शिक्षा ऐन चाँडै बन्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिको चौथो अधिवेसनको सोमबार धनगढीमा उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले राष्ट्रिय अधिवेशन गर्ने
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ केन्द्रीय निर्वाचन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा बसेको बैठकले सङ्घको केन्द्रीय अधिवेशन आगामी चैत १८ गते देखि २० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
सङ्कट टार्न कांग्रेससँग सहकार्य : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र सङ्कटमा पर्दै गएपछि नेपाली कांग्रेससँग सहकार्य गर्नुपरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाबाट सुरक्षित कारोबार विधेयक पारित
प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने
राष्ट्रिय जनमोर्चाले सङ्घीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित सङ्घीयता खारेजीको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।
प्रतिनिधिसभा बैठक : बहुमतका आधारमा संसदीय अभ्यासमा हस्तक्षेप गरेको आरोप
प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले बहुमतका आधारमा संसदीय अभ्यास र प्रक्रिया मिच्ने काम भएको आरोप लगाउनुभएको छ ।
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।
'मधेशका जनतालाई सङ्गठित गर्न केन्द्रको ध्यान पुगेकाे छ'
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशका जनतालाई सङ्गठित गर्ने तर्फ पार्टीको विशेष ध्यान रहेको बताउनुभएको छ ।
'भ्रष्टाचार विरुद्धको लडाइँ सबैको साझा हो'
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले भट्टले भ्रष्टाचार विरुद्धको लडाइँ सबैको साझा भएको बताउनुभएको छ ।