संसदीय समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन
आइतबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ । आजको बैठकमा विभिन्न कार्यक्रममाथि छलफलसहित प्रस्ताव पारित गरी भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।
जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न सहकार्य अपरिहार्य : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको बताउनुभएको छ ।
भाषणले देश बन्दैन : नेता भण्डारी
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले भाषणले देश नबन्ने बताउनुभएको छ । तम्घासमा नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले सो कुरा बताउनुभएको हो ।
धनगढीमा विकास आयोजनाको काममा व्यस्त परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार दिनभर विकास निर्माणका योजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा व्यस्त बन्नुहुने भएको छ।
गण्डकी प्रदेश कला र साहित्यमा अब्बल : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश साहित्य, कला, संगीतमा अब्बल रहेको भएको बताउनुभएको छ ।
कांग्रेस महाधिवेशन २०८३ भित्र
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति चौथो वर्षमा कार्यकाल समाल्दै गर्दा १५ औँ महाधिवेशनको बहस चुलिएको छ ।
सत्ताइस वर्षपछि दिल्लीमा भाजपा
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली विधान सभा निर्वाचनमा शनिबार बहुमत हासिल गरेपछि भारतीय जनता पार्टीलाई दिल्लीमा राज गर्ने बाटो खुलेको हो ।
विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेरास्ववियू (क्रान्तिकारी)को चुनावले विद्यार्थी नहुने तर नेता हुने स्थितिको अन्त्य गरेको बताउनुभएको छ।
विदेश भ्रमण जाँदा थारू पोशाक लगाएर जान्छु : परराष्ट्रमन्त्री डा. देउवा
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अब विदेश भ्रमण जाँदा थारू पोशाक लगाएर जाने बताउनुभएको छ।
बुद्धिजीवि परिषद् सिन्धुपाल्चोकमा श्रेष्ठ
नेपाल बुद्धिजीवि परिषद् सिन्धुपाल्चोकले नयाँ नेतृत्व प्राप्त गरेको छ । शनिबार सदरमुकाम चौतारामा आयोजित सातौँ जिल्ला अधिवेशनबाट राधाकृष्ण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
सरकारले गुठी ऐन ल्याउने तयारीमा छ : मन्त्री अधिकारी
नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गुठीको समग्र समस्या समाधानका लागि सरकारले गुठी ऐन ल्याउने पक्षमा रहेको बताउनुभएको छ ।
थारू संस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताउनुभएको छ । अन्तरप्रदेश स्तरीय थारू सांस्कृतिक सम्मेलनको दाङ चखौरामा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।
‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ-आफ्ना धर्मसंस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताउनुभएको छ ।
थारू सीप र संस्कृतिको प्रवर्धन गरौँ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको शनिबार उदघाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो ।
व्यक्तिगत स्वार्थमा लाग्दा जनताबाट नेता बाहिरिए : चन्द्र भण्डारी
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेता व्यक्तिगत स्वार्थमा लाग्दा जनताको विश्वासबाट टाढा पुगेको बताउनुभएको छ।
विषादीको प्रयोग धेरै गर्दा किसानलाई समस्या हुन्छ : कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानले उत्पादकत्व बढाउन आवश्यकता भन्दा धेरै विषादी प्रयोग गर्दा समस्या सिर्जना हुने गरेको बताउनुभएको छ। खेती गरेपछि एकै पटक उत्पादनमा वृद्धि गराउन सके आम्दानी पनि धेरै हुने भन्दै विषादीको प्रयोग गर्नु उचित नहुने बताउनुभयो।
समाजवाद निर्माणको मुख्य आधार कृषिः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
कांग्रेस प्रमुख सचेतकलाई प्रश्न– नीतिगत बहसमा सदन किन कमजोर देखियो ?
नेपाली कांग्रेस संसदीय दलका नेता एवम् सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले सांसद मतमा केन्द्रित भएर जनतालाई खुशी बनाउन लाग्दा नीतिगत बहसमा सदन कमजोर देखिएको बताउनुभएको छ।
मटिहानी बजार र मठको जग्गा समस्याको समाधान गर्छौं : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मटिहानी बजार तथा मठको जग्गाबाट उठने करसम्बन्धी समस्याको निराकरणका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।
भूमि समस्या समाधान आयोगमा तीन सदस्य नियुक्त
मनाङ जिल्लाको भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा राजन गुरुङ (विज्ञ), छिरिङ ओङमा गुरुङ (घले) महिला सदस्य र छिरिङ लोप्साङ गुरुङलाई सदस्यमा नियुक्त गर्नुभएको छ ।
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकुल बनाउने प्रयासमा सरकार
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकुल बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।
नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
कम्बोडिया अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम पेन्हस्थित शान्ति दरबारमा त्यहाँका प्रधानमन्त्री सम्देच मोह बोर्भोर थिपाडेई हुन मानेतलाई भेटेर नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल गर्नुभएको छ ।
कुनै प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।