आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताउनुभएको छ ।
मन्त्री तामाङद्वारा दियालो सङ्ग्रहालयको अनुगमन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यहाँ रहेको दियालो दरबार सङ्ग्रहालयको अनुगमन गर्नुभएको छ ।
आर्थिक विधेयक स्वीकृत
प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरिरहनुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्नुभएको थियो ।
कोशी सरकारविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको हो ।
स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने बताउनुभएको छ ।
आर्थिक विधेयकमाथि छलफल : राजस्व चुहावट नियन्त्रणमा सांसदको जोड
सांसदहरुले राजस्व चुहावटलाई नियन्त्रणमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गरेर मुलुकको ढुकुटी बलियो बनाउन सुझाव दिनुभयो ।
खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत
प्रतिनिधि सभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राख्नुभएको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । सभाको आजको बैठकमा ३१ जना सांसदले राख्नुभएको उक्त प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।
प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८१ पारित
प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक' २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो ।
नेपालका नदीनाला नेपालकै सम्पत्ति हुन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, “नेपालका नदीनाला नेपालकै हुन्, नेपालकै सम्पत्ति हुन्, नेपालले नै उपभोग गर्ने हो, यसमा स्पष्ट हुनुपर्छ ।”
प्रतिनिधिसभाः विनियोजन विधेयकअन्तर्गतको छलफल सम्पन्न
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गतको दफावार छलफल सम्पन्न भएको छ । प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।
सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताउनुभएको छ ।
गणतन्त्रात्मक शासन प्रणालीको सर्वोच्च अभिभावकीय संस्था राष्ट्रपति : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको कार्यसम्पादनका लागि आवश्यक कर्मचारी, विज्ञलगायत दैनिक कार्य सञ्चालन खर्चका लागि बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभएको छ ।
ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पार्नुभएको छ ।
सम्भावना बोकेका क्षेत्रमा लगानी गर्न जरुरी : मन्त्री चौधरी
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले सम्भावना बोकेका क्षेत्रहरूमा स्थानीय सरकारले लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ ।
संसदीय गतिविधि वेबसाइटमा राख्न सांसद बर्तौलाको माग
नेकपा (एमाले) का प्रमुख सचेतक एवम् सांसद महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद बर्तौलाले यस्तो माग गर्नुभएको हो ।
‘मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार उच्च प्राथमिकतामा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
मधेशमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग
नेकपा (माओवादी केन्द्र) की सांसद मीना यादवले मधेशमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । विहान ११ बजेस्ने सो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/ ८२ को विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकमाथि छलफल हुने संभावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरिनेछ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरी पर्यटन प्रवर्द्धन गरिने बताउनुभएको छ ।
सङ्घीयताप्रतिको बुझाइमा एकरूपता जरुरी छ : मन्त्री जोशी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीयताप्रतिको बुझाइमा सबै राजनीतिक दल तथा आम जनसमुदायमा एकरूपता कायम गर्नुपर्ने बताउनुभएको छ ।
ऊर्जामन्त्री बस्नेत समक्ष विद्युत नियमन आयोगका अध्यक्षको शपथ
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत नियमन आयोगका अध्यक्ष डा.रामप्रसाद धिताललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
गणतन्त्रपछि हरेक क्षेत्रमा सम्भावनाका ढोका खुलेका छन् : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रपछि मुलुक विकास र प्रगतिको बाटोमा क्रमशः अगाडि बढिरहेको बताउनुभएको छ ।