• २९ माघ २०८१, मङ्गलबार

प्रतिनिधिसभाको बैठक पुनः सुरु

blog

काठमाडौँ, माघ २९ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलका सांसदले प्रतिनिधिसभाको बैठक विधि र प्रक्रिया अनुसार सञ्चालन गर्न माग गर्दै अवरोध गरेपछि स्थगन भएको बैठक केही बेरअघि पुनः सुरु भएको छ ।

सभामुख देवराज घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताउनु भएपछि बैठक सुरु भएको हो ।

सत्तापक्षका सांसदलाई बोल्न दिइएको विषयमा विपक्षीको अवरोधपछि सभामुखले आवश्यक अध्ययन गरेर निष्कर्ष सुनाइने बताउनुभएको हो ।

आकस्मिक र शून्य समयको कारबाही सकिएपछि सभामुखको आसनमा रहनुभएकी उपसभामुख इन्दिरा रानामगरले कार्यसूचीमा प्रवेश नगरी सत्तापक्षका सांसद रामहरि खतिवडालाई बोल्न समय दिनुभएको थियो । त्यसको माओवादी केन्द्र र रास्वपाले विरोध गरेका हुन् । रासस