सरकार उल्टो बाटोमा हिँडेको प्रचण्डको टिप्पणी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार उल्टो बाटोमा हिडेको टिप्पणी गर्नुभएको छ। बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
भाषा विधेयकमा देखिएका त्रुटिलाई सच्याउछौं : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले भाषा विधेयकमा देखिएका त्रुटिहरूलाई सचियाएर सदनमा पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
स्ववियु निर्वाचन तत्काल गराउन आदेश
उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयमा तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन आदेश दिएको छ । उच्च अदालत सुर्खेतका न्यायाधिश मातृकाप्रसाद भण्डारी र मदन पोख्रेलको संयुक्त इजलासको पूर्णपाठमा तत्काल निर्वाचन गराउन परामादेश जारी गरिएको छ ।
कर्णाली सरकारले निजामती सेवा ऐन संशोधन गर्दै
कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको निजामती सेवा ऐन संशोधन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्री परिषद् बैठकले प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्ने निर्णय गरेको हो ।
सहकारी समस्याले घरजग्गा कारोबारमा सुधार हुन सकेनः अध्यक्ष घिमिरे
घरजग्गा व्यवसाय पछिल्लो समय शिथिल अवस्थामा छ । घरजग्गा कारोबार चलायमान हुन नसक्दा समग्र अर्थतन्त्रमा समस्या देखिएको छ । अर्थतन्त्र सुधारका लागि घरजग्गा कारोबारमा सुधार हुनुपर्ने सरोकारवालाहरुले धारणा राख्दै आएका छन् । तर पनि घरजग्गा कारोबार पछिल्लो समय धेरै सुधार हुन सकेको छैन ।
'आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनकाे सरकार आवश्यक'
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार बनेको बताउनुभएको छ ।
नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्छः मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभएको छ ।
ऊर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबिच भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सिआर पाटिलबिच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डद्वारा गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्घाटन गर्नुभएको छ ।
सशस्त्र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘अध्यादेशमा सहमति नभए बहुमतबाट पारित हुन्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेशमा सर्वसम्मत नभए बहुमतबाट पारित हुने बताउनुभएको छ ।
आधा कार्यकाल सकिएपछि मुद्दाको अन्तिम सुनुवाइ सुरु
संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध चार वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रिटमा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ ।
‘नागरिकता ऐन संशोधन विधेयक व्यवस्थित गर्नुपर्छ’
संसदमा दर्ता भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउने गरी व्यवस्थित गरिनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ।
यो सरकारलाई असफल हुने छुट छैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुई ठुला दल नेपाली काँग्रेस र नेकपा (एमाले) को संयुक्त यो सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ ।
प्राधिकरणले समन्वय नगर्दा खानेपानीको पाइप फुटेर क्षति भयो : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले नेपाल विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको बताउनुभएको छ।
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय
सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड’ बाट ‘आकस्मिक बाढीपहिरो उद्धार योजना–२०२४’ का लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब २७ करोड ७३ लाख) अनुदान सहायता स्वीकार गर्ने भएको छ।
कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिनुभएको छ।
नातिकाजी शब्द, सङ्गीत र स्वर सबैको कालजायी हुनुहुन्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले नातिकाजी शब्द, सङ्गीत र स्वर सबैको कालजायी त्रिवेणी भएको बताउनुभयो।
‘भ्रातृ संस्थामा आवधिक निर्वाचन नहुँदा पार्टीमा असर पुग्यो’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको विधानअनुसार नियमित महाधिवेशन हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले लामो समय प्रमुख भातृ संस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरिक जीवनमा असर पुगेको बताउनुभएको हो ।
जनतालाई निष्पक्षरूपमा छिटो सेवा दिन निजामती कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष एवं छिटो छरितोरूपमा सेवा दिन निजामति कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्रही जनताको मर्का बुझेर कुनै दुःख नदिइ मुस्कानका साथ कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गर्नुभएको हो ।
छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छः मुख्यमन्त्री सिंह
मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबीको रेखामुनि रहेका बहुसङ्ख्यक जनतामा छोरीको विवाह गरेर बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताउनुभएको छ ।
जसपाका केन्द्रीय सदस्यसहित एक सय कांग्रेसमा प्रवेश
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्न पार्टीका एक सय जना नेत तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)
बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा विज्ञको जोड
पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरुले नेपाल जस्तो मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न आवश्यक रहेको बताएका हुन् ।