• १ फागुन २०८१, बिहिबार

सरकार उल्टो बाटोमा हिँडेको प्रचण्डको टिप्पणी

blog

मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, फागुन १ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार उल्टो बाटोमा हिडेको टिप्पणी गर्नुभएको छ। बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

सरकारले प्रदेश र स्थानीय तहलाई दिँदै आएको समानीकरणको बजेट कटौती गर्न लागेको बताउँदै झन् बढाउनुपर्नेमा घटाउन लागेकाले सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गर्नुएको हो। 

अहिले संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ। 

सुविधा सम्पन्न भवनबाट गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। २०७८ भदौ १ गते सम्झौता भएर म्याद थपसहित २०८१ पुस १२ गते सम्पन्न गरेको थियो। 

कूल सात करोड ६७ लाखको लागतमा भवनको निर्माण  विकोइ श्रेष्ठ सुनिल समिर जेभीले गरेको थियो। यसका साथै बिहीबार नै प्रचण्डले धुर्कोट गाउँपालिकाले निर्माण गरेको सहिद पार्कको उद्घाटनसमेत गर्नुभएको थियो।