कम्युनिस्टबिच पुनः एकता हुनैपर्छ : वामदेव गौतम
नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिस्टबिच पुनः एकता हुनुपर्ने बताउनुभएको छ।
क्रान्तिकारी माओवादी कम्युनिस्ट एकताको पक्षमा छ : नेता गजुरेल
नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले आफ्नो कम्युनिस्ट पार्टीहरूबिच एकताको पक्षमा रहेको बताउनुभएको छ ।
रातो किताब सार्वजनिक : उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब) सार्वजनिक भएको सन्दर्भमा उच्चस्तरीय छानबिन गठनको माग गरेको छ ।
वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउनदेखि अनलाइनबाट : परराष्ट्रमन्त्री श्रेष्ठ
वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गतेदेखि पूर्णरुपमा अनलाइनमार्फत् हुने भएको छ।
‘राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्छ’
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादनमा वृद्धि गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ ।
नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौँ : कृषि मन्त्री साह
आज असार १५ अर्थात् धान दिवस । किसानले धानको मुठी रोपेर मुरी फलाउने दिन । राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक वर्ष २०७९–८० अनुसार राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव ६ प्रतिशत छ । मुलुकलाई कृषि उत्पादनमा जोड दिन सरकारले पनि हरदम प्रयास गरिरहेको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना
२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ आज दिवस मनाउन लागिएको छ ।
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ ।
यो वर्ष मलको अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष मलको अभाव हुन नदिने बताउनुभएको छ। भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो। अघिल्लो वर्ष पनि मलको अभाव नभएको उहाँले प्रष्ट पार्नुभयो।
बागमती प्रदेशसभा बैठक : विधेयक समितिमा पठाउन स्वीकृति
बागमती प्रदेशसभाको आजको बैठकले उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश-२०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाउन सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ ।
जबज स्वार्थपूर्ति गर्ने माध्यम होइन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जवज) स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताउनुभएको छ । शुक्रवार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने बताउनुभएको छ ।
जनचेतना बढाउन सके रक्तदाताको सङ्ख्या बढाउन सकिन्छ : मन्त्री यादव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले नागरिकलाई रक्तदानको महत्त्वबारे जानकारी गराउन सके रक्तदाताको सङ्ख्या बढाउन सकिने बताउनुभएको छ।
चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस् : सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले मधेश प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ।
नयाँ नीतिमा समाजवादी संस्कृति विकासका कुरा आउनुपर्छ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पुरानो संस्कृति नीतिले काम नगरेर नयाँ नीति ल्याउनुपरेको बताउनुभएको छ।
जसपा नेपालको उपाध्यक्षमा केसीको दाबी
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजन केसीले आफू उपाध्यक्षको दाबेदार भएको बताउनुभएको छ । गोरखापत्रसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले सो दावी गर्नुभएको हो ।
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ’
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गर्नुभएको छ ।
जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्छ : पूर्व सभामुख सापकोटा
पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताउनुभएको छ ।
प्रतिनिधिसभामा जलस्रोत विधेयक पेस
प्रतिनिधिसभाको आजको बैठकमा जलस्रोत विधेयक-२०८१ पेस गरिएको छ ।
‘सेना र प्रहरीलाई राजनीतिबाट मुक्त गर्नुपर्छ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवम् सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ ।
नेपालको राजनीतिमा भण्डारीको अविस्मरणीय योगदान
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको ७३ औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननेता भण्डारीको जन्मजयन्तीको सन्दर्भमा उहाँले नेपाली सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा गर्नुभएको योगदानका विषयमा सबैले स्मरण गर्ने गरेका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिनुहुने भएको छ ।
सदनमा सांसदको चिन्ता : ‘विकासका नाममा विनाश बढ्दै गयो’
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक सञ्जाल विस्तारका क्रममा जथाभावी डोजरले नभत्काउन सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।