काठमाडौं, फागुन २ गते। नेपाल तरुण दलको पूर्ण सदस्यता वितरण जारी छ। नेपाल तरुण दलका अध्यक्ष विद्वान गुुरुङका अनुसार माघ ३० गते तरुण दलको महाधिवेशन निर्देशन समितिको उपस्थितीमा बसेको केन्द्रीय कार्य समिति र अध्यक्षको संयुक्त बैठकले दलको सदस्यता र नवीकरण फारम फागुन १ गतेदेखि वितरण गर्ने निर्णय गरिएको छ ।
उहाँले पूर्ण सदस्यता दलको जिल्ला कार्य समितिबाट मात्रै वितरण गर्न सकिने र लेवीसहित सदस्यताको विवरण फागुन २९ गतेसम्म स्वीकृतिका लागि दलको केन्द्रीय कार्यालयमा पठाउनुपर्ने बताउनुभयो।
जिल्लाभित्रका केन्द्रीय कार्यसमितिका सदस्यको समन्वय र उपस्थितीमा जिल्ला कार्यसमितिको बैठक बसी पूर्ण सदस्यता वितरणको कार्यतालिका बनाइ जिल्ला प्रतिनिधिहरु वडा तथा पालिकामा खटाउन निर्देशन दिइएको उहाँको भनाइ छ ।