संविधान र व्यवस्थामाथि आक्रमण हुँदैछः सांसद रोकाय
राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले पटक पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण भइहेको बताउनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
समितिको निर्देशनले आइपिओ निष्कासन रोकिनु हुँदैनः सांसद
संसदीय समितिको निर्देशनले आइपिओ निष्कासन रोकिन नहुने भन्दै सांसदहरूले समितिको ध्यानाकर्षण गराएका छन् ।
बजेट खर्च गर्न प्रदेश सरकारहरु कमजोर
मुलुक तीन तहको संरचनामा गएपछि मुलुकले छिटो फड्को मार्ने अपेक्षा गरिएपनि प्रदेश संरचना भने कमजोर देखिएको छ । आफ्नो मौलिकतामा नभई सङ्घीय सरकारको सिको गर्दै स्रोतको सही अनुमान नगरी ठुलो आकारको बजेट ल्याएका प्रदेश सरकारहरुले चालु आर्थिक वर्ष सकिन पाँच महिना बाँकी नरहँदा आफैँले ल्याएको बजेटको ठुलो हिस्सा खर्च गर्न सकेका छैनन् ।
राष्ट्रियसभाः कर्मचारीमाथि दुर्व्यवहार भएकामा आपत्ति
राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढेकामा राष्ट्रियसभाका सांसदहरुले आपत्ति जनाउनुभएको छ ।
राष्ट्रिय स्वीकार्यलाई केन्द्रमा राखेर संविधान संशोधनः प्रमुख सचेतक बर्तौला
एक सय चार वर्षे जहानियाँ राणाशासनलाई समाप्त गरी नागरिकको अधिकार सुनिश्चित गरेको महत्त्वपूर्ण दिनका रूपमा हामीले प्रत्येक वर्ष फागुन ७ गते ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाउँदै आएका छौँ ।
लुम्बिनी मन्त्रिपरिषद् बैठकका चार निर्णय
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । मङ्गलबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यक (देउखुरी)मा सम्पन्न बैठकले विभिन्न चार वटा निर्णय गरेको हो ।
प्रकृति लम्साल मृत्युबारे राष्ट्रियसभा अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रकृति लम्सालको मृत्युबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकबाटै अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
प्राविधिक शिक्षामा लगानी बढाउनुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालमा प्राविधिक शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ। मंगलबार तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा निर्माण सुरु गरिएको सभा हलको शिलान्यास गर्दै उहाँले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
ऊर्जालाई स्थानीयसँग जोडे समृद्धि हासिल हुनेछ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का केही दिनअघि ‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिई स्वदेश फर्कनुभएको छ ।
गैरसरकारी संस्था नागरिकप्रति जबाफदेही हुनुपर्ने
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवाले गैरसरकारी सङ्घ संस्था जनमुखी, सुशासन, पारदर्शी र आन्तरिक रूपमा लोकतान्त्रिक हुनुपर्ने बताउनुभएको छ ।
एकल आमाका सन्तानलाई नागरिकता प्रस्ताव
प्रतिनिधि सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत गरेको छ ।
प्रहरी स्वायत्तता कमजोर हुन्न
विधायिकी प्रक्रियामा रहेको पाँच वर्षपछि भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित भएको छ । २०७६
जनसभा सकिएपछि एमाले कार्यकर्ताले गरे सरसफाइ
नेकपा (एमाले) दाङले आज घोराहीमा आयोजना गरेको जनसभा कार्यक्रम सम्पन्न भएपछि कार्यक्रम स्थलमा कार्यकर्ताले सरसफाई गरेका छन् ।
जनकपुरका १८ अस्पताल बन्द
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहसहितको टोलीले गरेको अनुमगनबाट जनकपुरधामका १८ वटा अस्पताल बन्द भएका छन् । मुख्यमन्त्री सिंह तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीसहितले गत सातादेखि थालेको नीजि अस्पताल अनुगमनबाट दर्ता प्रक्रियाबिना सञ्चालनमा आएका १८ वटा अस्पताल बन्द भएका हुन् ।
टरिगाउँ धावनमार्ग विस्तारमा प्रतिबद्ध छौं : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीपुर उपमहानगरपालिका वडा १२ स्थित टरिगाउँ धावनमार्ग विस्तारका लागि आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।
चुरे संरक्षणमा सरकारको ध्यान जानुपर्छ : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले चुरे दोहनका कारण मधेश प्रदेशमा विभिन्नखालका समस्या देखिन थालेको भन्दै चुरेको संरक्षणमा तीन तहका सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ ।
मुक्त कमलहरीहरूद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
मुक्त कमलहरीहरूले सरकारसँग भएको १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । एमालेले दाङले आयोजना गरेको जनसभा कार्यक्रमस्थल पुगेर ध्यानाकर्षण गराएका हुन् ।
देश र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एमाले मिलेर सरकार बनायौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देश र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस र नेकपा एमालेसहित दलहरू मिलेर सरकार बनाएको बताउनुभएको छ ।
शान्ति सुरक्षा र दण्डहीनता अन्त्य गृह मन्त्रालयको प्राथमिकतामा
गृह मन्त्रालयले बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने कार्ययोजनाका साथ काम भई रहेको स्पष्ट पारेको छ ।
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता जरुरी भएको बताउनुभएको छ ।
गैरसरकारी संस्थाले समुदायको चाहना अनुरूप परियोजना छनाेट गर्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गैरसरकारी संस्थाहरूले परियोजना छनाेट गर्दा स्थानीय समुदायको चाहना अनुरुप गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा सङ्घीयता, सहकार्य र कानुनी समन्वयमा जोड
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै सङ्घीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनु भएको छ ।
अर्थमन्त्री पौडेल डिस्चार्ज
कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज हुनु भएको छ ।
भूमिसम्बन्धी विधेयकसहित सबै विधेयक पारित हुन्छ : महासचिव पोखरेल
सत्तारुढ दलको नेता एवं नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भूमिसम्बन्धी विधेयकसहित सबै विधेयक संसद बैठकबाट पारित हुने बताउनुभएको छ । एमाले दाङले दाङको घोराहीमा आयोजना गरेको जनसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।