नगर प्रमुख हमालको दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचार हुँदै
स्वास्थ्य समस्या देखिएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ।
प्रधानमन्त्री ओली झापामा
विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आउनुभएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभएको हाे ।
प्रधानमन्त्री ओली झापा जानुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली दमक बिजनेश भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रममा सहभागी हुन झापा जान लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘लगानीको वातावरण बनाउन सरकार प्रतिवद्ध छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई यथेष्ट लगानीको वातावरण दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
आजदेखि मतदाता नामावली दर्ता
निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट आइतबारदेखि मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने भएको छ ।
वामपन्थी एक भएमात्र देश विकास हुन्छः महासचिव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वामपन्थी शक्तिहरू एक भएमात्र देशको विकास सम्भव हुने बताउनुभएको छ । आज जिल्लाको दुधपोखरी गाउँपालिकामा स्थानीय पालिका कमिटीको तेस्रो सम्मेलन उद्घाटन गर्नुहुँदै उहाँले वामपन्थीहरू एकताबद्ध भएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
‘पश्चिमसेती र माथिल्लो कर्णाली आयोजनाले कायापलट हुन्छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्चिमसेती र माथिल्लो कर्णाली जलविद्युत आयोजना बनेमा सुदूरपश्चिमको मात्र नभइ मुलुककै कायापलट हुने बताउनुभएको छ ।
उपप्रधानमन्त्री सिंहद्वारा महायज्ञको शुभारम्भ
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याङ्जालाई कालीगण्डकीमा सञ्चालित महायज्ञको शुभारम्भ गर्नुभएको छ।
धरानले जित्यो कञ्चनजङ्घा गोल्डकप उपाधि
सुनसरी धरानको गोधुली फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबर भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माइजोगमाईलाई पराजित गर्दै धरानले उपाधि जितेको हो।
ऋणभन्दा अनुदानलाई प्राथमिकता दिनुपर्छ : सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब सरकारले बैदेशिक ऋणभन्दा अनुदानलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
देश बनाउन बलियो शक्ति आवश्यक : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश बलियो बनाउन बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।
बिआरआईबाट देशको हित हुन्छ : पूर्व प्रधानमन्त्री खनाल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी रूपमा भौतिक पूर्वाधार निर्माण गर्ने बृहत् चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मुलुकको हितमा रहेको बताउनुभएको छ।
राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज'
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी डिस्चार्ज हुनुभएको छ ।
‘सांसदको भूमिकाबारे आयोगले मतदातालाई शिक्षा दिनुपर्छ’
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले निर्वाचन आयोगले मतदातालाई सांसदको भूमिकाबारे शिक्षा दिनुपर्ने बताउनुभएको छ।
स्याङ्जालाई कालीगण्डकी कोरिडोरबाट जोड्न आवश्यक छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याङ्जालाई कालीगण्डकी कोरिडोरबाट जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुङ्गोमा पुग्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिनुभएको छ ।
१० दिनभित्रै निर्माण व्यवसायीहरूको बाँकी भुक्तानी दिन्छौँ : भौतिकमन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले १० दिनभित्रै निर्माण व्यवसायीहरूले बाँकी भुक्तानी पाउने दाबी गर्नुभएको छ ।
'एमालेसँगको सम्बन्ध ‘सहकार्य र प्रतिस्पर्धा’ सँगसँगै लैजानुपर्छ'
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेसँगको सम्बन्ध ‘सहकार्य र प्रतिस्पर्धा’ सँगसँगै लैजानु पर्ने बताउनुभएको छ ।
‘हवाई दुर्घटना अनुसन्धान गर्ने आयोग गठन प्रक्रिया अघि बढेको छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
रास्वपाले आज पाँच जिल्लामा भेला आयोजना गर्दै
पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको सो पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
हाम्रो पार्टीमा विरोध गर्न पाइन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीमा विरोध गर्न पाइने बताउनुभएको छ ।
एमाले सचिवालय बैठक मङ्सिर २५ मा
नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते बस्ने भएको छ । पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिनुभयो ।
वडाध्यक्ष गिरीको निधन
कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नन्दाराम गिरी ‘नवीन’ को निधन भएको छ । शुक्रबार साँझ जिल्लाको बर्दगोरियास्थित दोदोधरा अस्पतालमा उहाँको निधन भएको हो ।