• ९ फागुन २०८१, शुक्रबार

आजको दिन नेपाल र नेपालीका लागि कोशेढुंगा : पूर्व राष्ट्रपति भण्डारी

blog

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ७ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ७ गते नेपाल र नेपालीका लागि कोशेढुंगा भएको बताउनुभएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो । 

सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले भन्नुभएको छ, "फागुन ७ गते नेपाल र नेपालीका लागि कोशेढुंगा सावित भएको छ । यही निभमा उभिएर हामी नेपालीलाई बहुदलसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनासम्मका आन्दोलनमा सफलता हासिल भयो ।"

सहिदहरुको बलिदानलाई उच्च कदर गर्दै नेपालको सर्वाङ्गिण विकास र समृद्धिका लागि निरन्तर संघर्षरत रहन राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय र सबै नेपालीलाई प्रेरणा मिल्नेछ भनी उहाँले शुभकामना व्यक्त गर्नुभएको छ । प्रजातन्त्र स्थापनाका लागि योगदान गर्नुभएका सबै ज्ञात अज्ञात सहिदहरुप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।