सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन र आर्थिक समृद्धि : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताउनुभएको छ ।
काँग्रेस कोषाध्यक्षमा श्रेष्ठको नाम अनुमोदन
सत्तारुढ दल नेपाली काँग्रेसले पार्टी केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा अनुमोदन गरेको छ । सोमवार बसेको काँग्रेस केन्द्रिय कार्यासम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाद्वारा मनोनित श्रेष्ठलाई कोषाध्यक्षमा बहुमतले अनुमोदन गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री पौडेल र लुबिच भेटवार्ता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबिच भेटवार्ता भएको छ ।
सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको साझा प्रतिबद्धता
भ्रष्टाचारविरुद्ध साझा प्रतिबद्धतासहित सुदूरपश्चिम प्रदेश सरकारले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार मनाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमबिच दिवस मनाइएको हो ।
मुलुकमा देखिएको समस्या समाधानका लागि समीकरण : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले जब मुलुकमा जटिल समस्या देखिन्छन् तब ठुला दलहरु एक ठाउँमा हुने गरेको बताउनुभएको छ । सुरक्षा समितिको प्रादेशिक बैठकमा सहभागी हुन सुर्खेत पुग्नुभएको गृहमन्त्री लेखकले कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुुहुँदै मुलुकमा देखिएको समस्या समाधानका लागि समीकरण गरिएको बताउनुभएको हो ।
‘एडीबीको सहयोग निरन्तर हुनेमा आशावादी’
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पु¥याएका एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताउनुभएको छ ।
मानव–वन्यजन्तुबिचको द्वन्द्व घटाउने प्रयास भइरहेको छः वनमन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र वन्यजन्तुबिचको द्वन्द्व घटाउने प्रयास भइरहेको बताउनुभएको छ ।
आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई नियुक्तिपत्र प्रदान
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तलाई नियुक्तिपत्र प्रदान गर्नुभएको छ । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले आज मन्त्रालयमा प्रमुख आयुक्तमा डा. सुरेश आचार्य, आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।
राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धिः उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको प्राथमिकता राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धि भएको बताउनुभएको छ ।
पर्यटकको समस्या पहिल्याउन अन्तर मन्त्रालय छलफल भइरहेको छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई र स्थलमार्गबाट आउने पर्यटकले भोग्नु परेका समस्याको समाधान गर्नका लागि आफू लागिपरेको बताउनुभएको छ।
सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्तासँग छलफल सुरु गरेको छ।
म समाजवाद निर्माणको अभियानमा छुः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताउनुभएको छ।
विजनेश कम्प्लेक्ससहित ६ संरचनाको नयाँ ब्यवस्था
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरासहित नेपालका ६ वटा विशेष संरचनालाई सञ्चालनका लागि नयाँ ब्यवस्था गर्न लागिएको बताउनुभएको छ ।
सभापति देउवासँँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेट
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ।
मर्यादाक्रम मिचिएको भन्दै नेताहरुविच जुहारी
गैँडा संरक्षण समन्वय समितिको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा भएको एक दिने कार्यशाला गोष्ठीमा नेताहरुविचको मर्यादाको विषयलाई लिएर जुहारी चलेको छ ।
संसदले निर्णय कार्यान्वयन गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन सकेनः अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णय व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ।
संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभएको छ।
दमक व्यापारिक कम्प्लेक्स विकासको नमुना हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताउनुभएको छ।
प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आइतबार उद्घाटन गर्नुभएको छ ।
रवि लामिछाने थप चार दिन हिरासतमा
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिएको छ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउनुभएको छ।
झापामा सुरक्षा व्यवस्था कडा
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा निर्माण सम्पन्न भएको दमक भ्यूटावर तथा व्यापारिक कम्लेक्सको उद्घाटनसहित विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला झापा आउनु भएको छ ।
लगानीमैत्री वातावरण बन्दैछ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले–काङ्ग्रेस गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको बताउनुभएको छ ।