काठमाडौं, फागुन ७ गते । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सबैको साझा लक्ष्य समाजवाद बनेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको सन्दर्भमा गोररखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले नागरिकको त्याग, बलिदान, संयुक्त जनआन्दोलनबाट देशमा प्रजातन्त्र स्थापना भएको भन्नुहुँदै सो कुरा बताउनुभएको हो ।
उपाध्यक्ष शाक्यले भन्नुभयो, “सैद्धान्तिक भूमिकाबाट भन्ने हो भने कमरेड पुष्पलालले त्यो बेला नै २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गरिरहँदा नै नेपालमा लोकतन्त्र ल्याउने हो भने निरंकुशता, एकतन्त्रीय शासण व्यवस्था अन्त्य गर्ने हो भने एक्ला, एक्लै लडेर हुँदैन । सबै एक ठाउँमा आउनुपर्छ, सबै पार्टी मिल्नुपर्छ । लोकतन्त्र र अधिकारको लागि लड्नुपर्छ भनेर संयुक्त जनआन्दोलनको अवधारणा अगाडि सार्नुभएको थियो ।
नेपाली कांग्रेस पनि बीपी कोइराला, गणेशमान लगायतका नेताहरुको विचारबाट एकमना एकताका साथ अगाडि बढ्नुभयो । त्यसरी एउटा नयाँ सोच विकास भयो । हिजो एक दिन समाजवाद आउँछ है, गणतन्त्र आउनुपर्छ भनेका थियौं । आज साँच्चिकै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थापना भयो । अहिले समाजवाद सबैको साझा लक्ष्य बनेको छ ।”
उहाँले २०४६ सालको संयुक्त जनआन्दोलन, २०६२-६३ सालमा भएको संयुक्त एवम् शान्तिपूर्ण रुपमा भएको जनक्रान्ति हुँदै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुगेको बताउनुभयो । एकतन्त्रीय व्यवस्थाबाट प्रशासनको अन्याय, अत्याचार, शोषण सबै कुरा झेल्दै अहिलेको अवस्थासम्म आइपुग्दा मानव भएर बाँच्ने अधिकार सुरक्षित भने भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “अहिले जे–जे भनेपछि लोकतन्त्रमा सबै पार्टी खुला भएको छ । बोल्ने, हिड्डुल गर्ने अधिकार पाएको छ । हिजो त्यो अवस्था थिएन । एउटा मानव भएर बाँच्ने अधिकार सुनिश्चित भएको छ । सधैंभरी शोषण, दमन, थिचोमिचो सहेर बस्ने अबको स्थिती बन्न सक्दैन ।”
प्रजातन्त्र दिवसका सन्दर्भमा नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग गोरखापत्र अनलाइनका लागि गरिएको संवाद :
भिडियो –मनोजरत्न शाही, केशब गुरुङ
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                