मन्त्रिपरिषद् बैठकका १३ निर्णय : खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाल नियुक्त
सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ।
दोषीलाई कानुनको कठघरामा ल्याइन्छ : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मधेश प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले नवराजपुर गाउँपालिका –१ भगवतीपुरकी बलात्कृत भई मृत्यु भएकी रिङ्कु सदायकी परिवारलाई भेटेर दोषीलाई कानुनको कठघारामा ल्याइछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सर्वोच्चमा आठ वर्ष नाघेका मुद्दा शून्यमा झार्छौँ : प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २०८२ साल असार मसान्तभित्र सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्यमा झार्ने घोषणा गर्नुभएको छ ।
नेपाल हामीले नै बनाउने होः प्रचण्ड
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताउनुभएको छ।
एमालेको जरा अभियान २० वटा वडामा सञ्चालन
नेकपा एमालेको देशभर सञ्चालन भई रहेको जरा अभियान हुम्ला जिल्लाका २० वटा वडामा सञ्चालन भएको छ । गत माघ १४ गतेबाट सुरु भएको उक्त अभियान फागुन ९ गतेसम्म आई पुग्दा ती वडामा सञ्चालन भएको हो ।
नयाँ नीति आएपछि दूरसञ्चार फेरिन्छ : सञ्चार मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ नीति निर्माण मार्फत दूरसञ्चारमा रूपान्तरण ल्याउन मन्त्रालय सक्रिय रहेको बताउनुभएकोछ।
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बेलायती राजदूतको भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनबिच शिष्टाचार भेटवार्ता भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा आज भएको भेटमा उहाँहरुबिचमा दुई देशबिचको ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको थियो ।
जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफा समितिद्वारा पारित
जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरू प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ ।
हामी देशको क्रान्तिकारी राजनीतिक शक्ति हौँ : उपाध्यक्ष श्रेष्ठ
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा (माओवादी केन्द्र) देशको जिउँदो क्रान्तिकारी राजनीतिक शक्ति रहेको बताउनुभयो।
विकास निर्माणका काम अगाडि बढाउन प्राथमिकता निर्धारण गर्न जरुरी : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनाबद्ध विकास हुन नसकेको बताउनुभएको छ ।
पुँजीगत खर्चको आकार बढाउन मातहतका निकायलाई मुख्यमन्त्री आचार्यको निर्देशन
लुम्बिनी प्रदेश सरकारले अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्धवार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको हो।
अमेरिकी सहायता रोकिएपछि नेपालमा दर्जनौं परियोजनाको भविष्य अन्योलमा
अमेरिकी सहयोगका दुई ठुला सहायता रोकिएपछि नेपालमा दर्जनौं परियोजनाको भविष्य अन्योलमा परेको छ । बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), युएसआइडीबाट अमेरिकी सरकारले नेपाललाई दिने ठुलो सहायता रोकेपछि सञ्चालित योजनाहरुको भविष्य के हुने भन्नेबारे अन्योलता देखिएको हो ।
प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीले इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
संविधानसभा सदस्य सापकोटालाई अन्तिम श्रद्धाञ्जली
नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवम् संविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोनगरमा राखिएको छ ।
'आउँदो निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउँछ'
नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ ।
‘ओडिसाको समस्या कूटनीतिक माध्यमबाट समाधान भयो’
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किनुभएको छ ।
‘एमसिसी परियाेजना स्थगितले परेका प्रभावलाई सरकारले व्यवस्थापन गर्छ’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुलुकमा सरकारले औद्योगिक पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभएको छ ।
सहिदको सम्मान गर्नु राज्यको दायित्वः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको र उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।
'कांग्रेस महाधिवेशन ०८४ को चुनाव अघि हुनुपर्छ'
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन २०८४ को चुनाव अघि नै हुनुपर्ने बताउनुभएको छ ।
वडाध्यक्षको निधनमा फाल्गुनन्द गाउँपालिकामा सार्वजनिक बिदा
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोही गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सुखबीर नेम्वाङको निधनमा आज शोक मनाउन सार्वजनिक बिदा दिएको हो ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्छौंः मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
जलवायु परिर्वतनको बढी असर कर्णालीमा परेको छ : वनमन्त्री शाही
नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिर्वतनको बढी असर कर्णाली क्षेत्रमा परेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अबसरमा कर्णाली एकता समाज काठमाडौले थानकोट मातातीर्थमा आयोजना गरेको जलवायु परिर्वतन बिषयक जनतेतनामुलक सांस्कृति तथा देउडा कार्यक्रममा वनमन्त्री शाहीले यस्तो बताउनुभएको हो ।
निर्वाचनमा नागरिक सहभागिता अझै बढाउनुपर्ने
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा नागरिक सहभागिता अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले स्वतन्त्रताको सारभूत तत्व जनसहभागितामूलक निर्वाचन रहेको तर्क गर्दै सो धारणा व्यक्त गर्नुभयो ।
सात प्रदेशमा कांग्रेसको अभियान
नेपाली कांग्रेसले सातै प्रदेशमा ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीले गरेका सकारात्मक काम र ती कामबाट देशमा भएका परिवर्तनबारे तथ्यगत जानकारी दिन अभियान सञ्चालनको तयारी गरिएको जानकारी दिनुभएको हो ।