सार्वजनिक खरिद ऐन सुधारको जरुरी : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सार्वजनिक खरिद ऐन सुधारको जरुरी रहेको बताउनुभएको छ । शुक्रबार नेकपा (एमाले)को पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
टीकापुरलाई गुलाबी पर्यटकीय शहर बनाइँदै
प्रणय दिवसको अवसर पारी टीकापुरमा गुलाब रोप्ने काम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले नगरपालिकाको आँगनमा गुलाब रोपेर अभियानको शुभारम्भ गर्नुभएको छ ।
सामयिक कर उठाउने विधेयक दर्ता
गण्डकी प्रदेश सरकारले सामयिक कर असुली गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गराएको छ । छुट राजस्व सङ्कलन गर्न तथा राजस्व सङ्कलन निरन्तर बनाउन सामयिक कर असुलीका लागि विधेयक तयार गरिएको हो ।
टनकपुर बाँधमा चाँडै पानी छोड्ने नेपाल–भारतबिच सहमति
उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताउनुभएको छ ।
जनताको त्याग र बलिदानबाट परिवर्तन सम्भव : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको त्याग र बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताउनुभएको छ ।
प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । माध्यमिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान, नेपाली र गणित विषय शिक्षकको अभाव टार्न मधेस प्रदेश सरकारले तत्काल नै प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभयो ।
मधेसका २१ वटा निजी अस्पताल अनधिकृत, कारबाहीको तयारीमा सरकार
जनकपुर, फागुन १ गते । मधेस प्रदेश अन्तर्गत २१ वटा निजी अस्पताल अनधिकृत रूपमा सञ्चालनमा रहेको पाइएको छ । केही दिनअघि मात्र मुख्यमन्त्री सतिशकुमार सिंह सहितको टोलीले अनुगमन गर्ने क्रममा जनकपुरधामका २१ वटा निजी अस्पताल अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका पाइएको थियो । अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अस्पताल बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको थियो । यसरी सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन समेत दिनुभयो । अनुगमनमा मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, स्वास्थ्य अधिकारी रहेका थिए । तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले बन्द गरेका छन् भने केही अस्पतालले निर्देशन अटेर गरी सञ्चालन गरिरहेका छन् । निर्देशन अटेर गर्ने एक अस्पताल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । मापदण्ड पूरा गरेका अस्पतालको सेवा सञ्चालन स्वीकृति सङ्घ, प्रदेश र स्थानीय सरकारले दिने कानुनी प्रावधान छ । प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पताललाई बन्द गराइ रु एक लाख जरिवाना गर्ने व्यवस्था छ ।कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड दर्ता गराइ सञ्चालनमा रहेका अधिकांश अस्पतालसँग अस्पताल सञ्चालन अनुमति छैन । अनुमति प्राप्त केही अस्पतालले नवीकरण गरेका छैनन् । अनधिकृत सञ्चालित अस्पताल सञ्चालकले सरकारको अनुगमन विरुद्ध आन्दोलित हुन दुई दिनअघि प्राइभेट अस्पताल एशोसिएशन गठन गरेका छन् ।
प्रदेश सभा सचिवसहित नौ जना दोषी
सर्वोच्च अदालतले कोशी प्रदेश सभाका बहालवाला सचिव गोपालप्रसाद पराजुलीसहित नौ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
ट्रान्सपरेन्सी रिपोर्ट प्रचण्ड नेतृत्व सरकारको हो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ट्रान्सपरेन्सी रिपोर्ट अहिलेको नभइ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालाको भएको बताउनुभएको छ ।
अध्यक्ष डा भट्टराईद्वारा शपथ ग्रहण
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नवनिर्वाचित अध्यक्ष डा बाबुराम भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
शिक्षा नीति बहसमा कांग्रेसको तरुण विमर्श
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले शिक्षा नीति बहसअन्तर्गत तरुण विमर्श गरेको छ। केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबिच तरुणसँग शिक्षा नीति बहस गरेको हो।
वातावरण संरक्षणका लागि सामुदायिक रेडियोसँग सहकार्य गर्ने वन मन्त्रीको प्रतिबद्धता
वन तथा वातावरण मन्त्री ऐनबहादुर ठकुरीले जलवायु परिवर्तनको असरबाट बचाउनका लागि सामुदायिक रेडियोले सूचनाका माध्यमबाट गरेको काम प्रशंसा गर्न लायक भएको बताउनुभएको छ।
प्रधानमन्त्रीसँग शान्तिका लागि संसदीय मञ्चका अन्तर्राष्ट्रिय अध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय मञ्चका अध्यक्ष डा. चार्ल्स एस याङले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।
गण्डकी प्रदेशको बेरुजु फछ्यौटमा तिव्रता
गण्डकी प्रदेशसभाको सार्वजनिक लेखा समितिसँग लेखापरीक्षण बेरुजु फछ्यौट र समपरीक्षण सम्बन्धी छलफल कार्यक्रममा बोल्ने सांसदले लेखापरीक्षणमा आउने महालेखाका कर्मचारीसँग नै तर्सिने गरेको आरोप लगाउनुभएको छ।
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कोर्टेभालले आज शिष्टाचार भेट गर्नुभएको छ ।
मुस्लिम सङ्घ लुम्बिनी प्रदेशको अधिवेशन स्थगित
नेपाल मुस्लिम सङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन विवादका कारण स्थगित भएको छ । नेपाली कांग्रेसको भातृसङ्गठन मुस्लिम सङ्घको बुधबार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।
एमाले धनकुटा नगर अध्यक्षमा छाराहाङ
नेकपा (एमाले) धनकुटाको दोस्रो नगर अधिवेशनले अर्जुन छाराहाङको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे तथा उपसचिवमा मानबहादुर राई र दुर्गा ढकाल चयन हुनु भएको छ ।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि राज्यको भूमिका अपरिहार्य : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालबालिकाको सर्वाङ्गीण विकासका लागि राज्यसँगै परिवारको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
‘सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउने हुनुपर्छ’
विश्व रेडियो दिवसका अवसरमा आयोजित एक कार्यक्रमका वक्ताले सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
सरकारबाट बाहिरिने अवस्था बन्दैछ : अध्यक्ष ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारबाट बाहिरिने अवस्था आउन लागेको बताउनुभएको छ । सर्लाही सदरमुकाम मलङ्गवामा बिहीबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्वोधन गर्दै ठाकुरले नैतिकताका आधारमा सरकार छाड्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको हो ।
सङ्घीय निजामती सेवा तहगत संरचनामा राख्ने सहमति
प्रतिनिधिसभाअतर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा तहगत संरचनामा रहने सहमति गरेको गरेको छ ।
रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न
नेपाल विद्युत प्राधिकरणले विद्युतका तार अण्डर ग्राउण्ड गर्नका लागि होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।
शिक्षामन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ। सो अबसरमा शिक्षा, मन्त्री भट्टराईले हाल समकक्षताका विषयमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने, यसका लागि विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्ने बताउनुभयो।