• ७ फागुन २०८१, बुधबार

सार्वजनिक खरिद ऐन सुधारको जरुरी : मन्त्री भण्डारी

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, फागुन २ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सार्वजनिक खरिद ऐन सुधारको जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार नेकपा (एमाले)को पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सार्वजनिक खरिद ऐन पनि संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अहिले उद्योग मन्त्रायलसँग सम्बन्धित रहेर नै धेरै कानुन सुधार भएको दाबी गर्नुभयो । उहाँले सेवा प्रवाह, लगानी प्रवर्द्धन, प्रविधिको विकासको क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

‘‘औद्योगिक व्यवसायिक ऐन,२०७६ त्यसले उद्योगलाई, सेवा उद्योगलाई कसरी सहुलियत दिने भनेर ऐनमा व्यवस्था छ । तर विनियोजित ऐन बनाउँदा ति सबै ऐन नै खण्डित गरिदिएको छ । पूर्ववर्ती सरकारले बजेट बनाएको हो । करका दरहरु तत्काल फेर्न पनि यसका केही विधि र प्रवन्धहरु छन् ।,’’ मन्त्री भण्डारीले भन्नुभयो, ‘‘तै पनि अझ यसलाई प्रोत्साहित गर्नका लागि सरकारले करका दरहरु परिमार्जित गर्नेकुरा । खासगरी पिपिओ, इएमअओ भन्नेकुराका प्रश्नहरु पनि अझै कार्यान्वयनमा आउन सकेको छैन । खासगरी आजको सार्वजनिक खरिद ऐनले जे प्रवन्ध गरेको छ, प्रपुरमेण्टका सन्दर्भमा अझ यसमा पनि सुधारको आवश्यक यहाँहरुले राख्नुभएको छ । सुधार जरुरी पनि छ । एउटा प्रक्रियाबाट यो हामीले सार्वजनिक खरिद ऐन पनि संशोधन गर्नुपर्ने हुन्छ ।’’

मन्त्री भण्डारीले प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई अघि बढाउने, गुड गभर्नेन्स बनाउने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।