• २८ फागुन २०८१, बुधबार

यान्त्रीकरणको माध्यमबाट कृषिको विकास सम्भव : कृषिमन्त्री अधिकारी

blog

कृषि, तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, फागुन २ गते । कृषि, तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रलाई यान्त्रीकरणको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ ।

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्नुहुँदै  मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भर बन्न यान्त्रीकरणको जरुरी रहेको बताउनुभएको हो । उहाँले एक्स्पोले कृषि क्षेत्रको विकास गर्न महत्त्वपूर्ण जानकारी दिने विश्वास राखेको बताउनुभयो ।

मन्त्री अधिकारीले यान्त्रीकरणको माध्यमबाट मात्रै कृषिको विकास हुनेकुरा सबैले स्वीकार्नुपर्ने बताउनुभयो । उहाँले सामान्यभन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रीकरणकै माध्यमबाट अगाडि जानसके आत्मनिर्भरताका लागि मात्रै नभइ व्यवसायिक खेतीका लागि र नेपालीहरु बचाउनका लागि नेपालीहरुको भान्सामा पुग्न सकिने जानकारी दिनुभयो ।

उहाँले प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिनसक्ने वातावरण तयार गर्ने सरकारको उद्देश्य रहेको बताउनुभयो । मन्त्री अधिकारीले एक्स्पोले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ठुलो टेवा पुग्ने र यस किसिमको प्रदर्शनीहरु ग्रामीण क्षेत्रमा पनि गर्न जरुरी रहेको औंल्याउनुभयो ।

‘‘हामीले सामान्यभन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रीकरणकै माध्यमबाट अगाडि जानसके हामीले आत्मनिर्भरताका लागि मात्रै नभइ व्यवसायिक खेतीका लागि र नेपालीहरु बचाउनका लागि नेपालीहरुको भान्सामा हामी आफैँ पुग्नसक्छौँ । प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिनसक्ने वातावरण तयार गर्ने सरकारको उद्देश्य छ ।,’’ मन्त्री अधिकारीले भन्नुभयो, ‘‘यो एक्स्पोले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ठुलो टेवा पुगेको छ । मन्त्रालयबाट के कस्तो सहयोग गर्नुपर्ने हो त्यसका लागि मन्त्रालय तयार छ । यस्तो एक्स्पो ग्रामीण तह, सातै प्रदेशमा लैजानसके झनै फाइदा हुनेछ ।’’

प्रदर्शनी आइतबारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।