• ७ वैशाख २०८२, आइतबार

एमाले धनकुटा नगर अध्यक्षमा छाराहाङ

blog

कार्यक्रमपछि तस्बिर लिँदै कमिटीका सदस्यहरू ।

कविराज घिमिरे

हिले, फागुन १ गते । नेकपा (एमाले) धनकुटाको दोस्रो नगर अधिवेशनले अर्जुन छाराहाङको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे तथा उपसचिवमा मानबहादुर राई र दुर्गा ढकाल चयन हुनु भएको छ । यसअघि पनि अर्जुन छाराहाङकै अध्यक्ष्यतामा नगर कमिटी रहेको थियो ।

एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजेन्द्रकुमार राईले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै राईले पार्टीको काममा सबैले इमानदारीसाथ खटिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई, केन्द्रीय सदस्य शकुन्तला बस्नेत र एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला जिल्ला समन्वय प्रमुख निरेन तामाङ लगायतको उपस्थिति थियो ।