मानव बेचबिखन नियन्त्रण गर्न सिमाना र सम्बन्ध सुधार हुनुपर्छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोहहरू सक्रिय रहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीसमक्ष अतिक्रमित जग्गा खाली गराउन माग
बाँकेको कोहलपुरस्थित निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नजिकै रहेको सरकारी जग्गाको अतिक्रमण हटाउन स्थानीयस्तरबाट भएको पहलकदमीले सार्थकता नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ ।
समाजवादीका नीति–कार्यक्रम जनमुखी छन् : नेता खनाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीका तर्फबाट ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको बताउनुभएको छ ।
नागरिकलाई सहज सेवा दिन सुधारका उपाय अवलम्वन गर्न जरुरीः अख्तियार प्रमुख
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सरकार धार्मिक पर्यटन विकासमा प्रतिबद्ध छ : मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकार धार्मिक पर्यटन विकासमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पूर्वउपराष्ट्रपति पुन माओवादीका इन्चार्ज
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी दिएको छ ।
आर्थिक कार्यविधि विधेयक संसदबाट फिर्ता
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक फिर्ता भएको छ । विधेयककै अन्तर्वस्तु समेटेर अध्यादेश जारी भएपछि संसद्मा विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो ।
बन्यो विधि तर्जुमाको मागदर्शक कानुन
कानुन तर्जुमाको मार्गदर्शक छाता कानुनका रूपमा सङ्घीय संसद्ले विधायनसम्बन्धी विधेयक पारित गरेको छ ।
सगरमाथा संवादको तयारी तीव्र
हिमालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्यसहित नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी तीव्र बनेको छ ।
नागरिकता संशोधन र प्रहरीसहित प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत
प्रतिनिधिसभाको आइतबारको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत गरिएका छन्। बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१, नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१ प्रस्तुत गर्नुभएको हो।
पूर्वाधार विकास समितिद्वारा खानेपानी मन्त्रालयको अनुगमन
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन तथा निरीक्षण गरेको छ।
प्रदेश कृषि विधेयक पारित
मधेश प्रदेश सभाबाट प्रदेश कृषि विधयेक २०८१ सर्व पारित भएको छ । आइतबार बसेको मधेश प्रदेशको चौथो अधिवेशनको १३ औं बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले पेश गर्नुभएको विधयेक पारित भएको हो ।
सगरमाथा संवादको तयारी बैठक सम्पन्न
आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार तयारी बैठक सम्पन्न भएको छ ।
सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेस, विधेयकमा के-के छन् ?
राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ। सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गर्नुभयो। त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराउनुभयो।
खानेपानीमन्त्री यादव नयाँ कार्यकक्षमा
खानेपानीमन्त्री प्रदीप यादव आजदेखि नयाँ कार्यकक्षमा सर्नुभएको छ। शनिबार बिहान खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा उहाँको कार्यकक्ष जलेर पूर्ण क्षति भएको थियो।
चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको बताउनुभएको छ।
‘जलवायु अनुकुलन तथा न्यूनीकरण रणनीति कार्यान्वयनमा स्रोत आवश्यक’
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकुलन तथा न्यूनीकरण रणनीति कार्यान्वयनमा वित्तीय स्रोत आवश्यक रहेको बताउनुभएको छ। ‘सहारा नेपाल’ र ‘कोकाकोला फाउण्डेसन’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न जलवायु वित्तीय स्रोत आवश्यक रहेको बताउनुभएको हो।
‘एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ’
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताउनुभएको छ। एमाले ललितपुर जिल्ला कमिटीको विस्तारित बैठक, सूर्य पत्रिका र सङ्गठन डायरी विमोचन कार्यक्रम तथा जरा केन्द्रित अभियान शुभारम्भका अवसरमा उहाँले राजनीतिक अस्थिरताका कारणले आजको चुनौती निम्त्याएको हो भन्दै जनतालाई एमालेले केही गर्दैछ भन्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो।
‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौं’
सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाऔं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाउने गरी तयारी गर्न निर्देशन दिनुभएको छ।
संसदीय समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन
आइतबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ । आजको बैठकमा विभिन्न कार्यक्रममाथि छलफलसहित प्रस्ताव पारित गरी भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।
जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न सहकार्य अपरिहार्य : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको बताउनुभएको छ ।
भाषणले देश बन्दैन : नेता भण्डारी
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले भाषणले देश नबन्ने बताउनुभएको छ । तम्घासमा नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले सो कुरा बताउनुभएको हो ।