महासचिव पोखरेलसँग भियतनामी टोलीको भेटवार्ता
नेपाल भ्रमणमा रहनुभएका भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेकपा (एमाले) महासचिव शंकर पोखरेलसँग भेट गरेको छ । भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाई बिन नेतृत्वको टोलीले मंगलबार महासचिव पोखरेलसँग भेट गरेको हो ।
सभामुख घिमिरे स्वदेश फिर्ता
पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरे स्वदेश फर्कनुभएको छ । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुग्नुभएका सभामुख थाई एयरको जहाजबाट मंंगलबार साँझ ८ बजे काठमाडौं फर्कनु भएको हो ।
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष बिदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकारलाई लेखी पठाउने निर्णय भएको छ।
दुग्ध विकास संस्थान सुधार गर्छु : कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ।
पुँजीगत खर्च बढाउन लागेका छौँ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमै रोजगारी सिर्जना र विकास, निर्माणलाई तीव्रता दिन सरकारको खर्च गर्ने सामर्थ्य र प्रभावकारिता बढाउन आवश्यक कदम चालिने उल्लेख गर्नुभएको छ।
रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताउनुभएको छ।
उपराष्ट्रपति यादवसँग युएईका राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ।
'मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ'
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मिडिया काउन्सिललगायतका विधेयक पारित गर्ने तयारीमा छौँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आगामी हिउँदे अधिवेशनमा मिडिया काउन्सिल विधेयकलगायतका विभिन्न विधेयकलाई पारित गर्ने गरी छलफल अघि बढाएको बताउनुभएको छ ।
एमालेद्वारा प्रदेशसभा सदस्य निलम्बित
नेकपा (एमाले) बाँकेले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बनको कारबाही गरेको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन बुझाएको छ ।
लुम्बिनी प्रदेश सरकारले आयोजना बैंक बनाउने
लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने उल्लेख छ ।
सिँचाइ अभिवृद्धिका लागि लुम्बिनीमा नयाँ आयोजना सञ्चालन हुने
लुम्बिनी प्रदेशमा सिँचाइ अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिँचाइ आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताउनुभएको छ ।
देशलाई संकटमुक्त बनाउन दुई दलको सहकार्य : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त गर्ने अभियानमा लागेको बताउनुभएको छ । सोमबार एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रिय कार्यालय उद्घाटन कार्यक्रमलाई यहाँ सम्बोधन गर्दै महासचिव पोखरेले सो कुरा बताउनुभएको हो ।
प्रजातान्त्रिक योद्धालाई उच्च सम्मान : कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा प्रजातन्त्रको स्थापनाका लागि योगदान दिने सबैलाई सदैव उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल संसारलाई देखाउन सक्ने सम्पदाले भरिपूर्ण देश : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल संसारलाई देखाउन सक्ने सम्पदाहरूले भरिपूर्ण देश भएको बताउनुभएको छ ।
माओवादी बाँकेले जिल्लाका सबै पालिकामा एकैपटक अधिवेशन गर्ने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले जिल्लामा रहेका आठ वटा पालिकामा एकैपटक पार्टीको अधिवेशन सम्पन्न गर्ने भएको छ ।
चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेश र देशभरका जिल्लाका नागरिकलाई चिसो मौसममा ठन्डीबाट बचाउने पूर्वतयारी गर्न सोमबार ध्यानाकर्षणपत्र गराएको छ ।
सभापति देउवाद्वारा प्रजातान्त्रिक योद्धा ठाकुरको सालिक अनावरण
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक योद्धा अरविन्द ठाकुरको सालिक अनावरण गर्नुभएको छ ।
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : अध्यक्ष नेपाल
प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गर्नुभएको छ ।
गोरखामा उपनिर्वाचनको सरगर्मी तीव्र
गोरखमा आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी तीव्र रुपमा बढ्दै गएको छ ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
उपनिर्वाचनका क्रममा आइपर्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले सोमबारदेखि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ ।
नेकपा एमाले प्युठानको दोस्रो पालिका अधिवेशन हुँदै
नेकपा एमाले प्युठानले जिल्लाका पालिकाहरूको अधिवेशन गर्न थालेको छ । जिल्लामा रहेका नौ वटा पालिकामध्ये आठ वटा पालिकाको अधिवेशन अघि बढाएको हो ।