अध्यक्ष प्रचण्ड बेनीमा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेनी आउनुभएको छ । पार्टीले मङ्गलबार बेनीमा आयोजना गर्न लागेको खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड बेनी आउनुभएको हो ।
महिलाको पाठेघरको मुखको क्यान्सर विश्वव्यापी समस्या : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमाविबाट बिहान ९ बजे खोप अभियान शुभारम्भ गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
माओवादीले अभियान चलाउने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी फागुन १२ गतेदेखि झापाको केचनाकवलबाट हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ ।
अध्यादेश अस्वीकारको पक्षमा ६६ प्रस्ताव दर्ता
सङ्घीय संसद्मा पेस भएका ६ वटा अध्यादेश अस्वीकारको मागसहित दुवै सदनमा गरी ६६ वटा प्रस्ताव दर्ता भएका छन् ।
प्रधानमन्त्री ओली फागुनमा दाङ आउनु हुने
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फागुन ५ गते दाङ आउनुहुने भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा कुलपतिको हैसितले सहभागी हुन आउन लाग्नु भएको प्रष्तिष्ठानका पदाधिकारीले बताएका छन् ।
प्रदेश स्थापनाको आठौं दिवस मनाइयो
लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवपूर्वक मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाको संयुक्त आयोजनामा देउखुरीस्थित प्रदेश सभा परिसरमा झाँकी प्रदर्शन, मन्त्रालयका स्टलहरू तथा सरकारी उपलब्धिहरूको प्रदर्शनी गरिएको छ ।
‘जनताको आवश्यकता बदल्न समर्पण चाहिन्छ’
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेशलाई समृद्ध बनाउन सबैको समर्पण आवश्यक रहेको बताउनुभएको छ । सोमबार कर्णाली प्रदेश सभाको सातौँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको समारोहमा प्रमुख जोशीले जनताको चाहनालाई पूरागरी समृद्धि हासिल गर्न समपर्ण आवश्यक रहेको बताउनुभयो ।
नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार लागिरहेको छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउनतर्फ केन्द्रीत भएर लागेको बताउनुभएको छ ।
गण्डकी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा
गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा माघ २२ गते मङ्गलबार सार्वजनिक बिदा हुने भएको छ ।
‘कांग्रेस–एमाले मिल्दासम्म सरकारलाई केही हुँदैन’
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता साझेदार दुई ठुला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्दासम्म सरकारलाई केही नहुने बताउनुभएको छ । विपक्षी दलहरूले सरकार लामो समय जाँदैन भनेर दिइरहेका अभिब्यक्तिप्रति लक्षित गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
‘हामी सबैमा एकता रहिरहे बहुमत टाढा छैन’
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान विश्वकै उत्कृष्ट भए तापनि संविधानको प्रयोगमा आएका केही कठिनाईलाई संशोधन गर्न आवश्यक भएको बताउनुभएको छ ।
विद्यार्थीलाई गलत सङ्गतमा पर्न दिइनु हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो ।
एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलायो
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन ८ र ९ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।
सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएका छौँ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर नरहेको बताउनुभएको छ ।
ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन शिलान्यास
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकप्रति सरकार सचेत र संवेदनशील रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकहरूको सम्मान, उहाँहरुको सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने भन्दै उहाँले वर्तमान सरकार तीनैवटा कुरामा सचेत र संवेदनशील रहेको बताउनुभयो ।
कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
कृषिमा आधुनिकीकरण गर्न जरूरी छः सञ्चारमन्त्री
लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ मा रहेको सिमलचौर भूमिगत सिँचाइअन्तर्गत बोरिङ उद्घाटन गरेपछि मन्त्री गुरूङले स्थानीयमा खेतीपाती र उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम जनता पार्टीका केन्द्रीय सचिव एवम् प्रवास प्रमुख बाबुराम कौशिकसहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्नुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गर्नुभएको छ । सोमबार शुभ साइतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो ।
जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने हो : उपप्रधानमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषय केन्द्रीत भएको बताउनुभएको छ ।
प्रदेश सरकार नागरिकसँग जोडिन सफलः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री आचार्यले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनँंग जोडिन सफल भएको बताउनुभएको हो ।
सबै तहमा पालिकास्तरीय संयन्त्र गठन गरी संयुक्त बैठक गरिने
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) को गुल्मी जिल्लास्तरीय संयन्त्रको संयुक्त बैठकले जिल्लाको सबै तहमा पालिकास्तरीय संयन्त्र गठन गरी संयुक्त बैठक गर्ने निर्णय गरेको छ ।
प्रदेशसभा अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको सातौं अधिवेशन आजबाट सुरु हुँदैछ । हिउँदे अधिवेशनको नामले चिनिने यो अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो २ बजे बस्ने छ ।
मन्त्रिपरिषद बैठक आज बस्दै
मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।