‘धुलो उडिरहेको मुग्लिन–पोखरा सडक चिल्लो बनेको छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीको जिम्मेवारीमा आइरहँदा धुलो उडिरहेको मुग्लिन–पोखरा सडक अहिले चिल्लो र आकर्षक बनेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
निलम्बन फुकुवा गरिदिन सभापति लामिछानेद्वारा सभामुख घिमिरेलाई निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिनुभएको छ ।
प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
आजको बैठकको सुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची छ ।
'सङ्घीय संसद्को आगामी निर्वाचन स्थानीय तहको भन्दा अगाडि गरौं'
नेपाली काँग्रेसको संसदीय दलको बैठकमा सङ्घीय संसद्को आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्न माग राखिएकाे छ ।
कांग्रेस संसदीय दलको बैठक सुरु
सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार बिहान संसद् भवनस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो ।
बागमती प्रदेशसभाको बैठक आज
बागमती प्रदेशसभाको बैठक आज हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गर्नुभएबमोजिम बैठक हुन लागेको हो ।
हिउँदे अधिवेशनमा कतै नअल्झी धेरै कानुन बनाउँछौँ : सांसद राई
सरकार पनि कानुन निर्माणको जिम्मेवारी पूरा गर्न तीव्र ढङ्गले अघि बढिरहेको छ, संसदीय समितिमार्फत त्यस कार्यमा हामी पनि गम्भीर रुपमा लागिपरेका छौँ । संसद्को यस हिउँदे अधिवेशनबाट धेरै कानुन पारित हुन्छन् । संसद्को यस अधिवेशनमा कतै नअल्मलिई, कति नअल्झी धेरैभन्दा धेरै कानुन बनाउने प्रयत्नमा लाग्ने छौँ ।
संसद् अधिवेशन, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने
सङ्घीय संसद्को अधिवेशन शुक्रबार अपराह्न १ बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ ।
‘संसद् प्रभावकारी रूपमा अघि बढ्छ’
सङ्घीय संसद्को अधिवेशन शुक्रबार सुरु हुँदै छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिने गरेकाले कानुन निर्माण कार्य तीव्र गतिमा हुने आमअपेक्षा छ ।
महाकुम्भमा दुर्घटना : मृतकका परिवारलाई पच्चिस लाख
भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा भएको भागदौडमा मृत्यु हुनेका परिवारलाई जनही २५ लाख भारतीय रुपियाँ क्षतिपूर्ति दिइने भएको छ ।
तीसबर्से सेवा अवधि हट्ने, घट्यो पेन्सन अवधि
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसद् सचिवालयमा पेस गरेको छ ।
ट्रम्पको आदेश रद्द
अदालतले दिएको आदेश शिरोपर गर्दै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सरकारले दिने अनुदान तथा ऋण रोक्ने आदेश तत्कालका लागि रद्द गरेको छ ।
संसद् अधिवेशन आजदेखि
सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै छ । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो ।
युवालाई उद्यममा जोड्दै कांग्रेस
नेपाली कांग्रेसले स्टार्टअप र साना तथा मझौला व्यवसायका सन्दर्भमा नीति निर्माण, सम्भाव्यताको अनुभव र युवालाई उद्यममा उत्प्रेरित गर्ने उद्देश्यसाथ विज्ञसँग विमर्श गरेको छ ।
मदन भण्डारी अस्पताललाई सय शैयाको बनाइने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोरङको उर्लाबारी ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई सय शैयाको बनाइने बताउनुभएको छ ।
पाथीभरामा केबुलकारको विरोध : अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको विरोधी पक्षले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दका करण जनजीवन प्रभावित बनेको छ।
समृद्धिका लागि नेपालीबिच एकता आवश्यक : प्रमुख भट्ट
तामाङ समुदायको महान पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गर्दै समृद्ध मुलुका लागि सबै नेपाली बिचको एकता आवश्यक हुने बताउनु भएको छ ।
सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँः प्रधानमन्त्री ओली
१९९७ सालको राणाशाहीको अन्त्य-अन्त्यतिर अथवा राणा शासनले आफ्नो अन्त्यको एक प्रकारले घोषणापत्र जारी गरेको दिन हो ।
युवाको ऊर्जा समाज रूपान्तरणमा प्रयोग हुनुपर्छ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रूपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर ल्याइने
नेकपा (एमाले)का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद र सञ्चारक्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताउनुभएको छ ।
सांसद सूर्य थापाद्वारा टेलिकमको टावर उदघाटन
प्युठानको सरुमारानी गाउँपालिका –५, सौराकोटमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । नेपाल टेलिकम तुलसीपुर कार्यालय प्रमुख सन्तोष शर्मा, सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्मासहितको उपस्थितिमा संघीय सांसद सूर्य थापाले सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो ।
सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताउनुभएको छ ।
ठुलो मात्रामा उत्पादन गरेर अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ ।