प्रदेशसभा अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको सातौं अधिवेशन आजबाट सुरु हुँदैछ । हिउँदे अधिवेशनको नामले चिनिने यो अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो २ बजे बस्ने छ ।
मन्त्रिपरिषद बैठक आज बस्दै
मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज सोमबार शुभकामना सन्देश दिनुभएको छ ।
क्यान विभाजन विधेयक संसदमा, सेवाप्रदायक र नियामक छुट्टिँदै
हवाई क्षेत्रको नियामक र सेवाप्रदायक छुट्याउने गरी सरकारले दुई विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । हालको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन गरी फरक दुई निकाय बनाउने गरी विधेयक दर्ता गरिएको हो ।
ताल र हिमालप्रति सभापति देउवाको चिन्ता
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराको पहिचानका रुपमा रहेका तालको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ।
मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले स्थापनाको ७ वर्षपछि नयाँ प्रशासकीय भवनबाट सेवा प्रारम्भ गरेको छ। आइतबार मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा निर्मित प्रशासकीय भवनको उद्घाटनसँगै सेवा प्रवाह सुरु गरेको हो।
सहकारीले सुशासन प्रवर्धनमा काम गर्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुशासन प्रवर्धनका लागि सहकारीले आफनो उद्देश्यअनुरूप काम गर्नुपर्ने बताउनुभएको छ ।
‘सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी छ’
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ ।
निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी बाँकी छैन : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिइसकेको बताउनुभएको छ ।
राष्ट्रियसभा बैठकमा समसामयिक विषयमा छलफल (प्रत्यक्ष प्रसारण)
अछामको ढकारी गाउँपालिकामा केहीदिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। सभाको आजको बैठकको शून्य समयमा उहाँहरुले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो।
'सिमेन्टको मूल्य तत्काल घटाउनुपर्छ'
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गर्नुभएको छ ।
राष्ट्रिय सभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभा सदस्यहरूले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
अबको लडाइँ आर्थिक समृद्धिको हो : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा अधिकार प्राप्तिको लडाई सकिएकाले अबको आर्थिक समृद्धिको लडाई भएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै
लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिनुभयो ।
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक : अध्यक्षद्वारा प्रस्तुत एजेण्डमाथि छलफल हुने
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल हुने भएको छ ।
सहकारी समस्याको दीर्घकालीन समाधान गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी सञ्चालकले बचत रकम अपचलन, दुरुपयोग र अनियमितता गरेको सन्दर्भमा आवश्यक कारबाही गरी बचत फिर्ताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आमनागरिकमा विश्वास जगाउने गरी नेताले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने बताउनुभएको छ।
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एम्बुलेन्स चालकहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
संघीयतालाई पूर्णता दिन संविधान संशोधन आवश्यक छ : नेता निधि
शनिबार जनकपुरधाममा पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा आयोजित संविधान संशोधनः आवश्यकता र चुनौती विषयक मधेश प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस नेता निधिले सो कुरा बताउनुभएको हो।
शैक्षिक गुणस्तर खस्किनुको कारण खोज्दै फक्ताङ्लुङ
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शैक्षिक गुणस्तर खस्किनुको कारण खोज्न सुरु गरेको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने योजनासहित गाउँपालिकाले गुणस्तर खस्किनुको मुख्य कारण खोजी गर्न सुरु गरेकोे हो।
हाम्रो संसदीय अभ्यास परिपक्व बन्न सकेको छैन : सांसद छविलाल विश्वकर्मा
नेकपा (एमाले) सचिव एवम् रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले नम्बरको खेलले प्रभावकारी नभएको संसद् प्रमुख दुई दल मिलेपछि स्थिरताको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।
जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताउनुभएको छ ।
संसद समीक्षा : सरकारमाथि निगरानी र विधायिकी भूमिका बढाउनु अपरिहार्य
सङ्घीय संसदको पाँचौँ अधिवेशनको पहिलो बैठक राजनीतिक, आर्थिक, कानुनी तथा समसामयिक विषयमा केन्द्रित रह्यो ।
'राजनीति एक सशक्त माध्यम हो'
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताउनुभएको छ ।