लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीको सामना गर्नसक्ने दक्ष, सक्षम र उत्कृष्ट जनशक्तिको सरकारी सेवा प्रवेश आजको आवश्यकता भएको बताउनुभएको छ ।
सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
रास्वपालाई जनता केन्द्रित गर्ने सभापति लामिछानेको प्रतिबद्धता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जनता केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टी स्थापनाका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गर्नुभयो ।
माओवादी केन्द्र बाँकेद्वारा ५० वडामा अधिवेशन सम्पन्न
नेकपा (माओवादी केन्द्र) बाँकेले जिल्लाका ५० वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । पार्टी केन्द्रीय कार्यालयको सर्कुलर अनुसार वडाका अधिवेशनहरू सम्पन्न गरिएको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।
प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै
संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन् । चालु आवका लागि सात प्रदेशले तीन खर्ब बराबरको बजेट ल्याएका थिए ।
संविधानले सबै समुदायको उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जनजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड दिएको बताउनुभएको छ ।
पार्टीलाई सङ्गठनको आवश्यक महसुस भयो : उपसभापति वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई सङ्गठनको आवश्यक भएको महसुस गरेको बताउनुभएको छ । शनिबार काठमाडौँमा रास्वपाको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आह्वान गरेको पार्टीका नेता सुरेश आचार्यले जानकारी दिनुभयो ।
बागमतीको बजेट आज ल्याइँदै
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट आज आउने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्नु हुने छ ।
राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक
राष्ट्रपति रामचन्द्र पौडेल यहाँस्थित नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गर्नुभएको थियोे । सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराउनुभएको थियोे ।
उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जन–राजनीतिक परामर्शदात्री सभा (सिपिपिसिसी) को राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ।
गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
देशमा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास हुँदैन : अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा रहेका जातीय, क्षेत्रीय तथा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास नहुने बताउनुभएको छ ।
पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ, मनोनयन प्रणाली अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यसक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताउनुभएको छ।
एक सय दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक सय दिनको उपलब्धि तथा प्रगति र आगामी दिनका कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।
ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्छ : उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।
जनतालाई आशा र भरोसा जगाउने काम गरेका छौँ : रक्षामन्त्री उप्रेती
क्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली जनताको आशा र भरोसा जगाउने गरी रक्षा मन्त्रालय र मातहतका निकायबाट कार्यसम्पादन भइरहेको बताउनुभएको छ ।
नेपालमा ऊर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत : उर्जामन्त्री बस्नेत
उर्जा, सिँचाइ तथा जलश्रोतमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा उर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताउनुभएको छ ।
मन्त्री भएको तीन दिनमै देवकोटा पदमुक्त
गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री फणीन्द्र देवकोटा मन्त्री नियुक्त भएको तीन दिनमै पदमुक्त हुनुभएको छ ।
राप्रपामा प्रमुखको जिम्मेवारी हेरफेर
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।
राज्यले ऐन, कानुनको परिधिमा रहेर मात्र परियोजनालाई स्वीकृति दिन्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राज्यले ऐन, कानूनको परिधिमा रहेर मात्र देशमा आउने परियोजना, कार्यक्रमलाई स्वीकृति दिने बताउनुभएको छ ।
सोमबार सार्वजनिक बिदा
सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छ : पूर्वसभामुख सापकोटा
पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार-प्रसार गर्नुपर्ने बताउनुभएको छ ।
गणतन्त्र प्राप्तिपछि देश विकासमा फड्को : अध्यक्ष डा.राउत
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके)ले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताउनुभएको छ ।