बागमती प्रदेश सभाको बैठक आह्वान
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेश सभाको हिउँदे अधिवेशनको बैठक यही माघ १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले समाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेस गरेको छ ।
प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण : ६ अध्यादेश पेस गरिने
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा मङ्गलबार बसेको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो ।
स्थानीय सेवा ऐनको प्रतिवेदन विधायन समितिबाट पारित
विधायन तथा प्रदेश मामिला समितिले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा -गठन तथा सञ्चालन_ ऐनको प्रतिवेदन पारित गरेको छ।
ओहदाको प्रमाणपत्र प्रस्तुत
मलेसियाका लागि नेपालका राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा मङ्गलबार आयोजित विशेष समारोहमा त्यहाँका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।
गृहमन्त्रीसँग अतिरिक्त सचिवको भेट
गृहमन्त्री रमेश लेखकसँग उहाँको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गर्नुभएको छ ।
देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लान सरकार अग्रसर : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताउनुभएको छ ।
संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर : प्रमुख सचेतक बर्तौला
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताउनुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
एमाले संसदीय दलको बैठक
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा मङ्गलबार बसेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको बैठक।
संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने सरकारको निर्णय
सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
उच्च अदालतले माग्यो रविको कैफियत प्रतिवेदन
सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको कैफियत प्रतिवेदन पेश गर्न आदेश गरेको छ ।
विकासका काम समयमै सकौं : मन्त्री ढकाल
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले विकासका निर्माणका काममा ढिलासुस्ती स्वीकार्य नहुने बताउनुभएको छ ।
शून्य कार्बन लक्ष्यसहित दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छः मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताउनुभएको छ ।
बृहत्तर पार्टीको संलग्नतामा संविधान संशोधन हुन्छ : एमाले उपमहासचिव ज्ञवाली
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले बृहत्तर पार्टीको संलग्नतामा संविधान संशोधन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
ल्होसार पर्व तामाङ संस्कृतिकै अभिन्न अङ्ग : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबिच दीप प्रज्ज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गर्नुभएको छ । सो क्रममा लामा गुरुहरूले विषेश पूजा र मन्त्रोचरण गरेका थिए ।
लोकतन्त्रलाई संस्थागत विकास गर्न राससको भूमिका महत्त्वपूर्ण हुन्छः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र र सङ्घीय गणतन्त्रको संरक्षणमा राष्ट्रिय समाचार समिति ९रासस०जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
विपद्मा तीनै तहका सरकारको समन्वय आवश्यक
कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले विपद्मा सबै तहका सरकारको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
सहमति भए छिट्टै संविधान संशोधन : प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा केन्द्रित हुने प्रवृत्तिबाट मुलुकलाई मुक्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
समाजवादीको बैठक माघ २८ देखि
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, प्रतिवेदन लेख्न निर्देशन
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विवादित विषय मिलाउने प्रतिबद्धता जनाएपछि समिति प्रतिवेदन लेख्ने प्रक्रियामा गएको हो ।
‘भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न सकेको छैन’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न नसकेको बताउनुभएको छ ।
हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सत्तारुढ दलको निर्णय
सत्तारुढ दलहरुको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ ।
विधेयक पारित गर्न राजनीतिक प्रतिबद्धता आवश्यक छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आउँदो अधिवेशनबाट संविधान र सङ्घीयता कार्यान्वयनसँग जोडिएका महत्त्वपूर्ण विधेयक पारित गर्न राजनीतिक प्रतिबद्धताको खाँचो औँल्याउनुभएको छ ।
प्रधानमन्त्री ओलीको आह्वानमा सत्तापक्षीय दलको बैठक जारी
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्तापक्षीय राजनीतिक दलको बैठक बसिरहेको छ ।