• १७ माघ २०८१, बिहिबार

गृहमन्त्रीसँग अतिरिक्त सचिवको भेट

blog

गृहमन्त्री रमेश लेखकसँग शिष्टाचार भेट गर्नुहुँदै भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर । तस्बिर : रासस

काठमाडौं, माघ १५ गते । गृहमन्त्री रमेश लेखकसँग उहाँको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबिच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

साथै उहाँहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षाबलबीचको सहकार्य एवम् समन्वय, कञ्चपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी  निर्माणलगायत विषयमा पनि छलफल गर्नुभएको थियो । रासस