माओवादी केन्द्र एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओेवादी एक्लै निर्वाचन लड्ने बताउनुभएको छ ।
सम्बद्ध कसुरमा जोडिए मात्र अनुसन्धान अधिकार
महान्यायाधिवक्ता रमेश बडालले सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधित कानुनी व्यवस्था अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीलगायतका निकायलाई सम्बद्ध कसुर जोडिएको हकमा मात्र अनुसन्धान अधिकार दिइएको स्पष्ट पार्नुभएको छ ।
अखिल क्रान्तिकारीको निर्वाचन आज
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको शनिबार निर्वाचन हुँदै छ ।
सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुने बताउनुभएको छ।
लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा जनार्दन बनाएको बताउनुभएको छ।
विद्यालय शिक्षा ऐन चाँडै आउँछ : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन चाँडै ल्याइने बताउनुभयो। शुक्रबार सरस्वती मावि गोनपा – ८ आहालेको स्वर्णजयन्तीको समापन कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।
सुशासन र आर्थिक समृद्धिकै पक्षमा छौँ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र आर्थिक सुशासनकै पक्षमा रहेको बताउनुभएको छ ।
बागमती प्रदेश सभाको पन्ध्रौँ अधिवेशन माघ १८ गतेदेखि
बागमती प्रदेश सरकारको शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष पन्ध्रौँ अधिवेशन यही माघ १८ गते गर्न प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
उपराष्ट्रपति यादव र जापानी राजदूत तोरुबिच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको शुक्रबार छिचोलिने काम (ब्रेक थ्रु) गर्नुहुँदै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गर्नुभएको छ ।
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताउनुभएको छ । शुक्रबार पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीद्वारा बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार भर्चुअलरुपमा उद्घाटन गर्नुभएको छ ।
टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न पहल गर्छु : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको तुलसीपुरमा रहेको टरिगाँउ विमानस्थलको स्तरवृद्धिका लागि पहल गर्ने बताउनुभएको छ।
नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गर्नुभएको छ ।
कांग्रेस संसदीय दलको बैठक माघ १३ गते
नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ ।
प्रदेशसभा अधिवेशन आह्वान
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते दिउँसो २ बजेबाट सुरु हुने भएको छ ।
देशको आर्थिक अवस्था सुधार गर्न सबै दल मिल्नुपर्छ : प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्थामा सुधारका लागि सबै दलले मिलेर साझा योजनाका साथ अगाडी बढ्नु पर्ने सुझाव दिनुभएको छ ।
कांग्रेस सांसद गुरुङको मुद्दा पुनः सुनुवाइ हुने
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेशमा पुनः सुनुवाइ हुने भएको छ ।
लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्ने बताउनुभएको छ । आफ्नो संस्कार र संस्कृतिले देशको पहिचान उचो राख्दै देशको समग्र विकासमा टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गरौं : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी क्रियाशील रहेको बताउनुभयो।
अध्यादेशले व्यवसायीलाई लगानी गर्न सहज हुनेछ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारले हालै जारी अध्यादेशबाट निजी क्षेत्रका उद्योग व्यवसायलाई लगानी गर्नका लागि सहज वातावरण हुने बताउनुभएको छ ।
अध्यादेश मुलुकको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मुलुकका लागि अत्यावश्यक परेकाले सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ ।
समाजवादी ओखलढुङ्गाका अध्यक्ष वाग्ले कांग्रेसमा प्रवेश
नेपाल समाजवादी पार्टी ओखलढुङ्गाका संस्थापक अध्यक्ष हंशराज वाग्ले नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ।