उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौंः प्रमुख सचेतक परियार
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताउनुभएको छ ।
नेता महरद्वारा चुरे संरक्षण अभियानमा ऐक्यबद्धता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चुरे तथा वनजङ्गल संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्यको काम आजैदेखि सुरु भएको छ : गृहमन्त्री लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताउनुभएको छ ।
‘नेपाल भारत सम्बन्ध प्रगाढ’
वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले नेपाल र भारतबिचको सम्बन्ध प्रगाढ रहेको बताउनुभएको छ । वातावरण संरक्षणमा पनि दुवै मुलुक एकजुट भएर लागि परेका उहाँले उल्लेख गर्नुभयो ।
त्रिभुज परियोजना देशकै महत्त्वपूर्ण हुनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको बताउनुभएको छ ।
अभिलेख संरक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ प्रतिनिधि सभा बैठकमा पेस गरिएको छ ।
सरकारले कोशी कटानसम्बन्धी समस्याको दिगो समाधान खोज्नुपर्छ : सांसद कार्की
नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बर्षातमा हुने कोशी कटानको समस्या स्थायी रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
विद्युतीय सामग्रीको प्रयोग बढाउन उपसभामुखको आह्वान
उपसभामुख इन्दिरा रानाले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वान गर्नुभएको छ । बुधबार विश्व वातावरण दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधान गर्दैछौँ : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरूलाई समाधान गर्ने प्रयास गरिरहेको बताउनुभएको छ ।
वडा समाजवादी कार्यक्रम सञ्चालन गर्न १३ जिल्लाका १३ वडा छनोट
बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न वडा छनोट गरी कार्यक्रम स्वीकृत गरेको छ ।
तालिकाअनुसार एमबिबिएस पढाइ सञ्चालन होस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई कार्यतालिकासहित एमबिबिएसको पढाइ अघि बढाउन निर्देशन दिनुभएको छ ।
कोशी सरकार गठनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमा सुनुवाइ हुन लागेको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा आ.व. २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।
मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले बुधबार १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको हो ।
सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘प्राकृतिक स्रोतको अत्यधिक दोहन नगरौँ’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन, अविवेकी उपभोग र अव्यवस्थित विकास निर्माणका गतिविधि गर्न नहुनेमा जोड दिनुभएको छ ।
विशेषमा मुद्दा फर्स्योट तीव्र
विशेष अदालतले मुद्दा फर्स्योटमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । विशेषले दर्ता अनुपातमा पहिलो पटक मुद्दा सङ्ख्या तीव्र रूपमा घटाएको छ । जेठ २० गते यता १०४ थान मुद्दा मात्र अब विशेषमा विचाराधीन छन् । विशेष अदालतमा दायर मुद्दा छ महिनाभित्र फर्स्योट गर्नुपर्ने कानुनी व्यवस्था छ । कानुनले तोकेको समयसीमाभित्र मुद्दा सक्ने लक्ष्य पछिल्लो समय अदालतले लिएको छ ।
प्लास्टिकजन्य फोहोर प्रमुख चुनौती
राष्ट्रपति रामचन्द्र पौडेलले प्लास्टिकजन्य फोहोर प्रमुख वातावरणीय चुनौती बन्न पुगेको बताउनुभएको छ । विश्व वातावरण दिवस २०२४ को शुभकामना सन्देश दिँदै उहाँले विकास र वातावरण एकआपसका प्रतिद्वन्द्वी नभई परिपूरक रहेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले सन्देशमा यस दिवसलाई सबैले आफ्नो घर वरिपरिको वातावरण सुधार गर्दै वन, जल, वनस्पति तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई संविधान प्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिनका रूपमा लिनुपर्ने उल्लेख गर्नुभएको छ ।
मोदी नेतृत्वको गठबन्धनलाई प्रस्ट बहुमत
भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप्त भएको छ । बुधबार बिहान १:३० बजेको मतगणना परिणाम अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन प्राप्त भएको हो ।
नेकपा एसद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता
मधेश प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीले मंगलबार साँझ सरकारबाट बाहिरिएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। सो पार्टीका दुई जना मन्त्रीले पदबाट राजीनामा दिनु भएको छ ।
‘राजनीतिक अस्थिरता मुलुक र जनताका लागि घातक’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता मूलक र जनताका लागि घातक बनिरहेको बताउनुभएको छ ।
मुख्यमन्त्री यादवले बुधबार पाँचौँ पटक विश्वासको मत लिने
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पुनः विश्वासको मत लिँदै हुनुहुन्छ । पदभार सम्हालेको डेढ वर्षको अवधिमा उहाँले यो पाँचौँ पटक विश्वासको मत लिइँदै हुनुहुन्छ ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारलाई असार १ गते बजेट ल्याउने बाटो खुलेको छ ।
प्रधानमन्त्री दाहाल पोखरामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा आउनुभएको छ । उहाँ केहीबेर अघि यहाँ आइपुग्नुभएको हो ।